पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा फर्किने कार्य उपयुक्त होइन : माधव नेपाल

विराटनगर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पूर्व राष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किने कार्य उपयुक्त नभएको बताएका छन् । मंगलबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष नेपालले राष्ट्रपति वा उपराष्ट्रपतिको पद सक्रिय राजनीति भन्दा बाहिर हुने भएकाले यसलाई सम्मान गर्नुपर्ने समेत बताएका हुन् ।
पूर्वराष्ट्रपति वा उपराष्ट्रपति राजनीतिमा पुनः फर्किए राज्यले दिने सुविधा कटौती गर्नुपर्ने उनको भनाई छ । उनले राष्ट्रपति भएपछि राजनीतिबाट बिदा हुनुपर्ने भएकाले आफूले यसअघि सो पद स्वीकार नगरेको जिकिर गरे ।
फरक प्रसङ्गमा उनले भारतले राजसंस्था पुनर्स्थापनामा आफ्नो कुनै संलग्नता नभएको बताएको उल्लेख गर्दै उत्तर प्रदेशका मुख्यमन्त्रीले पनि खण्डन गर्नुपर्ने बताए । अध्यक्ष नेपालले हराएर गएको राजतन्त्र कुनै हालतमा नफर्किने भन्दै राणा शासन पनि फर्किन्छ र ? भन्दै प्रश्न गरे ।
अध्यक्ष नेपालले विगत १० वर्षको संविधान कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधन गर्दा उपयुक्त हुने समेत उल्लेख गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
‘नरसिंहाः अवतार’ का राज र सनिषाको प्रेम
-
‘तोक्मा एप’को प्रवर्द्धनमा अभिनेता राई
-
आठ घण्टादेखि बिपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
-
पर्यटकका रोजाइमा पर्दै भोजपुरको डाग्बुङ पदमार्ग
-
चुरेको अवैध उत्खननमा पालिका प्रमुख नै संलग्न, अख्तियारले थाल्यो छानबिन