आईपीएल क्रिकेट : मिचेल मार्श र निकोलस पुरनको अर्धशतकसँगै लखनउले कोलकातालाई दियो २३९ रनको लक्ष्य
काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १८औँ संस्करणमा मंगलबार खेलिएको पहिलो खेलमा लखनउ सुपर जायन्ट्सले कोलकाता नाइट राइडर्सलाई जितका लागि दुई सय ३९ रनको लक्ष्य दिएको छ ।
टस हारी पहिले ब्याटिङको निम्तो पाएको लखनउले निर्धारित ओभरमा केवल तीन विकेट गुमाएर दुई सय ३८ रन बनाएको हो । लखनउका लागि ओपनर ब्याट्सम्यान मिचेल मार्शले ८१ रनको योगदान गरे । सुरुदेखि आक्रामक रुपमा प्रस्तुत भएको मार्शले केवल ४८ बलको सामना गरी पाँच छक्का र ६ चौका हिर्काए ।
मार्शले जारी आईपीएलमा प्रहार गरेको यो चौथो अर्धशतक हो । जारी आईपीएलमा चारवटा अर्धशतक प्रहार गर्ने उनी एकमात्र ब्याट्सम्यान पनि हुन् । मार्श र एडेन मारक्रमले ओपनिङ विकेटका लागि ९९ रनको साझेदारी गरे ।
मारक्रमले पनि टोलीको खातामा ४७ रन थपे । उनले केवल २८ बलको सामना गरी दुई छक्का र चार चौका हिर्काए । तेस्रो नम्बरमा क्रिज समाल्न आएका निकोलस पुरनले पनि अर्धशतकीय पाली खेले । पुरनले टोलीको खातामा अविजित ८७ रनको योगदान गरे ।
आक्रामक रुपमा प्रस्तुत भएका पुरनले केवल ३६ बलको सामना गरी आठ छक्का र सात चौका पनि हिर्काए । जारी आईपीएलमा पुरनले प्रहार गरेको यो तेस्रो अर्धशतक हो । जारी आईपीएलमा सर्वाधिक रन बनाउने ब्याट्सम्यानको सूचिमा पनि पहिलो स्थानमा मिचेल मार्श र दोस्रो स्थानमा निकोलस पुरन छन् ।
लखनउले अतिरिक्त रुपमा पनि १३ रन पायो । कोलकाताका बलर हर्षित राणाले दुई विकेट लिए । आन्द्रे रसेलले पनि एक विकेट हात पारे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इजरायलको निर्णयप्रति अजरबैजान असन्तुष्ट
-
इजरायलमाथि युद्धविराम उल्लङ्घनको आरोप
-
पटनाका दुग्ध उत्पादक किसान चितवनमा
-
‘जलवायुमैत्री प्रविधि प्रयोग गरेर धानमा आत्मनिर्भर हुनुपर्छ’
-
ई-पासपोर्ट छपाईमा अनियमितता : महानिर्देशक अर्यालसहित ५ जनालाई धराैटीमा छाड्न आदेश
-
रुसद्वारा युक्रेनको युद्ध रोक्ने नयाँ प्रस्ताव अस्वीकार, चार क्षेत्र कब्जा गर्ने लक्ष्य नछाड्ने घोषणा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण