रोजगारी सिर्जनाका लागि आईएसभीजी र चीनको सांघाई हाइस्यानबिच सम्झौता
काठमाडौँ । इन्टरनेसनल स्काउट भोलेन्टियर ग्रुप र सांघाई हाइस्यान मिडिया ग्रुपले नेपालमा रोजगारी सिर्जनाका लागि संयुक्त रूपमा काम सुरु गर्ने भएका छन् । बुधवार काठमाडौँमा दुई संस्थाबिच नेपालमा रहेको बेरोजगारको समस्या अन्त्य गर्ने बारेमा मिलेर काम गर्ने सम्झौता भएको हो ।
रोजगारीको अवसर सिर्जना गर्न सबैभन्दा पहिला भाषिक ज्ञान महत्त्वपूर्ण भएकाले दुई संस्थाबिच नेपालमा चिनियाँ भाषा सिकाउने र चिनियाँ बजारमा रोजगारीको अवसर सिर्जना गर्न पहल गर्नेबारे सम्झौता भएको छ । २०२५ देखि २०२८ सम्म उक्त योजनाअनुसार काम गर्ने सहमति भएको आईएसभीजीका अध्यक्ष अजित खड्काले बताए ।
योजनाअनुसार नेपालमा भएका युवा युवतीहरूलाई क्षमता अभिवृद्धि गर्ने कामहरू अघि बढाइने जानकारी दिए । परियोजना समाज कल्याण परिषद् र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले स्वीकृत गरिसकेपछि आवश्यक परेका स्थानहरूमा गएर काम सुरु गर्ने जानकारी दिए ।
उनले भने, ‘अब हामीले गर्न खोजेको काम नेपालमा रहेका बेरोजगारलाई रोजगारी कसरी दिने भन्दा विश्वमा भाषा नै सबैभन्दा ठुलो कुरा भएकाले भाषाको प्रवर्द्धन गर्ने, चाइनिज भाषा नेपालमा प्रवर्द्धन गरौँ भनेर यो कार्यक्रम आयोजना गरेका हौँ । अब हामी विभिन्न ठाउँमा जान्छौँ, हामीले विशेष गरी यो स्वीकृति समाज कल्याण परिषद् र समाज कल्याण मन्त्रालयमा हामीले परियोजनाहरू बुझाउँछौँ । परियोजनाहरू हामीले बुझाइसकेपछि स्वीकृत भएपछि हामी विभिन्न ठाउँमा निरीक्षणमा जान्छौँ । जुन जुन ठाउँमा आवश्यकता पर्दछ । त्यो त्यो ठाउँमा कार्य गर्दछौँ ।’
उनका अनुसार दुई संस्थाले नेपालको रोजगारीको समस्या चिर्नका लागि आगामी दिनहरूमा पनि विभिन्न किसिमका योजनाहरू अघि बढाउने गरी सहकार्य गरेर अघि बढ्ने सहमति गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
-
मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण