६८ हजार ६ सय ८३ घरमा निःशुल्क खानेपानीका नयाँ मिटर जडान
काठमाडौँ । नयाँ पाइपलाइनबाट मेलम्चीको खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये चैत १८ गतेसम्ममा ६८ हजार ६८३ घरमा खानेपानीका नयाँ मिटर निःशुल्क रूपमा जडान गरिएको आयोजना कार्यान्वयन निर्देशनालयले जानकारी दिएको छ ।
मेलम्ची उप–आयोजना २ अन्तर्गत काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा निर्माण गरिएका खानेपानी वितरण सञ्जाल अन्तर्गत नयाँ मिटर जडान गरिएका हुन् ।
काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई यसअघि हस्तान्तरण गरिएका १४ वटा खानेपानी वितरण सञ्जाल र हाल हस्तान्तरणको तयारीमा रहेका थप ११ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइन मार्फत खानेपानी आपूर्ति हुँदै आएका घरहरूमध्ये ८५ प्रतिशतभन्दा बढी घरमा खानेपानीका नयाँ मिटर जडान गरिसकिएको छ ।
यी खानेपानी सञ्जाल अन्तर्गत मिटर जडान हुन बाँकी घरहरू सहित हाल हस्तान्तरणको चरणमा रहेका ११ वटा र हस्तान्तरण हुन बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका नयाँ पाइपलाइनबाट खानेपानी वितरण हुँदै आएका घरहरूमा समेत निःशुल्क रूपमा खानेपानीका नयाँ मिटिर जडान गर्ने कार्य जारी रहेको छ ।
यस्तै, नमुनाका रूपमा काठमाडौंका चःमती क्षेत्रमा ३७० र अनामनगर क्षेत्रमा ४६७ गरी जम्मा ८३७ घरमा खानेपानीका स्मार्ट मिटर निःशुल्क रूपमा जडान गरिएको छ ।
यसरी जडान गरिएका स्मार्ट मिटरहरूको रिडिङ काठमाडौँ उपत्यका खानेपानी लिमिटेडको पानीपोखरी शाखामा रहेको केन्द्रीय नियन्त्रण कक्षबाट अत्याधुनिक एससीएडीए प्रणालीमार्फत गर्न थालिएको छ ।
यसैगरी, अन्तिम परीक्षण लगायतका कार्य सम्पन्न गरिएका थप ११ वटा खानेपानी वितरण सञ्जालका करिब ३७७ किलोमिटर पाइपलाइनको स्वामित्व काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गर्ने कार्य समेत अन्तिम चरणमा पुगेको छ ।
यसपश्चात् बाँकी रहने ८ वटा खानेपानी वितरण सञ्जालका करिब २५३ किलोमिटर पाइपलाइनको स्वामित्व पनि छिट्टै नै बोर्डलाई हस्तान्तरण गर्ने गरी अन्तिम परीक्षण लगायतका कार्यलाई तीव्रता दिइएको छ ।
यसअघि दुईपटकमा गरी विभिन्न १४ वटा खानेपानी वितरण सञ्जालका जम्मा ३५० किलोमिटर नयाँ पाइपलाइनको स्वामित्व बोर्डलाई हस्तान्तरण गरिसकिएको छ ।
काठमाडौँ उपत्यकामा करिब ३० किलोमिटर प्राइमरी पाइपलाइन र ३३ वटा खानेपानी वितरण सञ्जालका करिब ९८० किलोमिटर नयाँ पाइपलाइन समेत गरी कूल १ हजार १० किलोमिटर नयाँ पाइपलाइनको सञ्जाल तयार भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ब्राजिलबाट आयातित केही वस्तुमा २५ प्रतिशत भन्सार शुल्क लगाउँदै अमेरिका
-
मुख्यमन्त्री शाह र नेकपाका नेताहरुबिच छलफल
-
साउदीलाई दुई अर्ब डलरको अमेरिकी हतियार बिक्री स्वीकृत
-
८ इरानी मिसाइल खसालेको जोर्डनको दाबी
-
सरकारको नीतिअनुसार मल बिक्री वितरण हुँदै आएको छ : साल्ट ट्रेडिङ कर्पोरेसन
-
म्यान्मारका दुई डुङ्गा दुर्घटनामा ५०० भन्दा बढी बेपत्ता आशङ्का
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण