मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी पक्राउ
बुधबार, २७ चैत २०८१, १७ : १५
काठमाडौँ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी गोरखा नगरपालिका–११ घर भएका २१ वर्षीय नीरज ढकाललाई मङ्गलवार प्रहरीले पक्राउ गरेको हो ।
जिल्ला अदालत काठमाडौँको गत मङ्सिर ५ गतेको फैसलाले उक्त मुद्दामा ५ वर्ष कैद सजाय र नगद २५ हजार रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई मानव बेचबिखन ब्युरो बबरमहलबाट खटिएको प्रहरीले जिल्ला प्रहरी कार्यालय गोरखासँगको समन्वयमा गोरखा नगरपालिका–११ बाट पक्राउ गरेको हो ।
उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौँमा पेस गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय डिल्लीबजार पठाइएको प्रहरीले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बस्ती खाली गर्नुलाई नै बहादुरी ठानियो, विस्थापितको पुनर्स्थापना खोइ ? : शंकर पोखरेल
-
सुखद सम्बन्धका लागि जीवनसाथीसँग गर्नैपर्ने ६ कुराकानी
-
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य
-
मेरो हत्याको प्रयास गरिए इरानलाई ध्वस्त पारिदिन्छु : डोनाल्ड ट्रम्प
-
गगनेखोलामा पहिरो जाँदा कर्णाली राजमार्ग अवरुद्ध
-
आत्मनिर्भर उद्योगदेखि खण्डहरसम्म : भृकुटी कागज कारखानाको चार दशकको यात्रा (तस्बिरहरू)
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण