ऐतिहासिक किल्ला जोगाउन नेपाली सेनाले थाल्यो ११ दिने लामो पदयात्रा
पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमबिच सेनाले ११ दिन लामो पदयात्रा सुरु गरेको हो ।
यसअघि पनि लगातार दुई वर्षसम्म सेनाले यही रुटमा पदयात्रा गरेको थियो ।
पदयात्रामा सेनाका ४८ जना सहभागी छन् । पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकरसिंह कार्की, श्री नं ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेल लगायतले सेनाका स्थापनाकालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन् ।
गोरखादेखि सुरु हुने पदमार्ग तनहुँ–पाल्पा हुँदै जीतगढीसम्म २ सय ७ किलोमिटर छ ।
सेनाले ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहास जोगाउने क्रममा पदयात्रा थालेको हो । यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखसहित उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
येन ४० वर्षयताकै कमजोर, हस्तक्षेपको तयारीमा जापान
-
लुम्बिनीमा बजेट पारित गर्ने वातावरण बनाउने प्रयास, कमजोरी सच्याएर अघि बढ्न सत्ता पक्ष सकारात्मक
-
कङ्गोमा इबोला संक्रमित एक हजार ३०७ पुगे, सामूहिक जमघटमा प्रतिबन्ध
-
शहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशकमा १४ जनाले दिए आवेदन
-
राष्ट्र बैंकद्वारा ३५ अर्बको ऋणपत्र जारी
-
‘असारे विकास’को चटारोः पहिलो १५ दिनमै साढे ६७ अर्ब बजेट खर्च
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण