मङ्गलबार, १६ असार २०८३
ताजा लोकप्रिय

नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाले दिए उम्मेदवारी

मङ्गलबार, १६ असार २०८३, १९ : ५१
मङ्गलबार, १६ असार २०८३

काठमाडौँ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को सदस्य सचिवमा १८ जनाको उम्मेदवारी परेको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अनुसार सदस्य सचिवमा १८ र सदस्यमा १९ जनाको उम्मेदवारी परेको हो ।

सदस्य सचिवमा सगुन पाैडेल, रोशनकुमार महतो, विनोद कुमार यादव, रबिन्द्रमान श्रेष्ठ, प्रतिमा खत्री, मेघनाथ धिमाल, गंगा प्रसाद जोशी, दिपककुमार दत्त, दिपेन्द्र कुमार यादव, शेषानन्द संजेल, सतिस कुमार देव, सविना श्रेष्ठ, काजीराम अधिकारी, धर्मागत भट्टराई, श्याम प्रसाद लोहनी, प्रमोद जोशी, गंग प्रसाद जोशी, संजय कुमार श्रेष्ठ र विमलेश कुमार झाको उम्मेदवारी परेको स्वास्थ्य मन्त्रालयको सूचनामा उल्लेख छ। 

यस्तै सदस्यहरूमा अजय रिसाल, रबा थापा, विश्वास प्रधान, रेखा तिमल्सिना, राम परिक्षण यादव, कृष्णकुमार राई, सुधा बस्नेत, सरस्वती न्यौपाने, जया सत्याल, सरोज प्रसाद मिश्र, अपार पोखरेल, सतिस कुमार देव, नारायण बहादुर महोत्रा, सन्तोषकुमार ठाकुर, धर्मागत भट्टराई, गणेश दंगाल, प्रमोद जोशी, अजित रायमाझी र लक्ष्मी नारायण सिंहको उम्मेदवारी परेको छ । सात जना सदस्यका लागि १९ जनाको उम्मेदवारी परेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप