गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु
पोखरा । नेपाली सेनाले गोरखादेखि जीतगढीसम्म पदयात्रा सुरु गरेको छ । बिहीबार एक कार्यक्रमका बिच सेनाले ११ दिन लामो पदयात्रा सुरु गरेको हो । यसअघि पनि लगातार २ वर्षसम्म सेनाले यही रुटमा पदयात्रा गरेको थियो ।
पदयात्रामा सेनाका ४८ जना सहभागी छन् । पश्चिम पृतना पोखराका पृतनापति उपरथी मधुकर सिंह कार्की, श्री नं. ३ बाहिनीपति सहायकरथी नुरेन्द्र मल्ल, गोरखा नगरपालिकाका मेयर कृष्ण राना, उपमेयर मसलीमाया थोकर, प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेललगायतले सेनाका स्थापना कालका पाँच कम्पनीका झण्डा र टर्च लाइट प्रदान गरी बिदाइ गरेका हुन् ।
गोरखादेखि सुरु हुने पदमार्ग तनहुँ–पाल्पा हुँदै जीतगढीसम्म २ सय ७ किलोमिटर छ । नेपाली सेनाले ऐतिहासिक कोट, गढी, किल्लाहरूको संरक्षण गर्ने र इतिहास जोगाउने क्रममा पदयात्रा थालेको हो ।
यात्रामा सहभागीलाई पदमार्गमा पर्ने स्थानीय तह र जिल्लाको सिमानामा जनप्रतिनिधि, सुरक्षा निकायका प्रमुखहरू सहितको उपस्थितिमा बिदाइ गर्ने कार्यक्रम तय भएको नेपाली सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण