१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे
काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका १६३ जना र सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका ३२ जना गरी जम्मा १९५ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फामा कार्यरत १६५ जना, सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फामा कार्यरत ३२ जना र नेसनल सपोर्ट टीममा सहभागी ३ जना गरी जम्मा २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा वैशाख २ गते नै स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
४ कर्मचारीसँग स्पष्टीकरण माग
-
कपिलवस्तु कारागारका कैदीबन्दीका मागबारे छानबिन समिति गठन
-
चीनमा सीपीसीको वैभव, नेपालका कम्युनिस्टले किन खाए धक्का?
-
चीनमा किन बढिरहेछ ‘अनुहार किन्ने’ प्रवृत्ति ?
-
सरकारप्रति दृष्टिविहीनहरूको आक्रोश : सरकार आफैँ दृष्टिविहीन भयो
-
सरकारको हस्तक्षेपले एन्फा निलम्बनमा पर्यो : ओली
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण