१९५ जना नेपाली शान्ति सैनिक सेन्ट्रल अफ्रिकन रिपब्लिक उडे

काठमाडौँ । संयुक्त राष्ट्र संघको आह्वानमा सेन्ट्रल अफ्रिकन रिपब्लिक तैनाथ शान्ति सैनिकहरुको अदलीबदली भएको छ ।
दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फा र सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौँ डफ्फालाई बदली गर्नको लागि रिपुमर्दन गण (शान्ति सेना) सातौँ डफ्फाका १६३ जना र सैनिक प्रहरी युनिट (शान्ति सेना) दशौं डफ्फाका ३२ जना गरी जम्मा १९५ जना नेपाली शान्ति सैनिकहरुको अन्तिम टोली सेनानी श्याम सुन्दर कार्कीको नेतृत्वमा संयुक्त राष्ट्रसंघको चार्टड बिमानद्वारा मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।
यसअघि सोही मिसनमा आफ्नो कार्यकाल सम्पन्न गरी दि फेमश महिन्द्रदल गण (शान्ति सेना) छैठौँ डफ्फामा कार्यरत १६५ जना, सैनिक प्रहरी युनिट (शान्ति सेना) नवौं डफ्फामा कार्यरत ३२ जना र नेसनल सपोर्ट टीममा सहभागी ३ जना गरी जम्मा २०० जना शान्ति सैनिकहरू प्रमुख सेनानी रमेश खड्काको नेतृत्वमा वैशाख २ गते नै स्वदेश फिर्ता भएका थिए ।
हाल उक्त मिसनमा नेपाली सेनाका १२४४ जना शान्ति सैनिकहरु कार्यरत रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लुम्बिनी प्रदेश सभा छैठाैँ अधिवेशन ३१ गते बस्ने
-
मुस्ताङको स्याङमा उन्नत गाईपालन फस्टाउँदै
-
नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२५ श्रावणदेखि, बुकिङ खुला
-
गोदावरीमा विज्ञान तथा प्रविधि सम्बन्धी अन्तर्राष्ट्रिय कार्यशाला सुरु
-
परिवर्तन अभियान नेपालद्वारा उपत्यकाका स्ववियु सभापतिहरूलाई सम्मान
-
प्रहरी प्रवक्तामा प्रहरी वरिष्ठ उपरीक्षक थापा