काठमाडौँ । हरेक १२ वर्षमा एक पटक आयोजना हुने हलचोक आकाश भैरवको विशेष जात्रा यस वर्ष वैशाख १ गतेदेखि सुरु भएको हो। पुरानो परम्परा अनुसार यो जात्रा पुरै वैशाख महिनाभर विभिन्न धार्मिक कार्यक्रमसहित मनाइन्छ।
_yMOx8IeMVD.jpg)
जात्राको सुरुवातमा राष्ट्रप्रमुख स्वयं उपस्थित भई पूजाआजा गर्ने परम्परा रहेको छ। जात्रामा आकाश भैरवलाई मुख्य देवताका रूपमा प्रस्तुत गरिन्छ भने चण्डी, कुमारी, पार्वती, महादेव, गंगा, आकाशदेवी, बाराही, महाकाली र दक्षिणकालीलगायतका देवी-देवताका नृत्य पनि देखाइन्छ।
_NDLisnJqQ4.jpg)
हलचोक आकाश भैरव नाचगान वैशाख ३, ६, ११, १२, १३, १८, १९, २०, २१, २५, २७, र ३१ गते केलटोल, मरु डबली, असन डबली, दमाई टोल, वतु चिकंअत, न्यतपाःच्व, पहिको त्वाः, ब्रम्हटोल, खुसिबु, सोहखुट्टे, न्योखा, ताम्सिपाखा, डल्लु चोक र डल्लु चौतारामा क्रमशः प्रदर्शन हुने कार्यक्रम तय गरिएको छ।
_bqt17p0WNT.jpg)
गुठीका अभिलेखअनुसार यो जात्राको सुरुवात नेपाल संवत् १०७ मा तत्कालीन राजा गुणकामदेवले गरेका थिए। वंशावलीमा उल्लेख भएअनुसार राजा गुणकामदेवले महालक्ष्मीको दर्शन पाएका थिए र उहाँकै प्रेरणाले राज्यलाई संकटबाट जोगाउन हलचोकमा आकाश भैरवसहितका देवगणलाई तान्त्रिक विधिबाट स्थापना गरिएको हो।
_g5nqgGubIi.jpg)
यस जात्राको व्यवस्थापनका लागि काठमाडौँ महानगरपालिकाबाट २५ लाख ४० हजार रुपैयाँ र नागार्जुन नगरपालिकाबाट १३ लाख ३० हजार रुपैयाँ बजेट विनियोजन गरिएको छ।
_FzC0GxRnzx.jpg)
_PXVhntkSqw.jpg)
_baPeWg4yJt.jpg)
_yBZfmztRVH.jpg)
_xbobTaFXBm.jpg)
_3qg7ppoMTQ.jpg)
_043FL8sGxW.jpg)
_X4pzmx49qa.jpg)
_czrFUM162B.jpg)
_k4FZ9ucqhN.jpg)
_AYCLdqAqRd.jpg)
_W6lpNMCOY3.jpg)
_MwM9EiePdG.jpg)
_GiYOo4VMnW.jpg)
तस्बिरहरू : सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी
प्रतिक्रिया