महिला फुटबल टोलीकी खेलाडी विमला अस्पतालबाट डिस्चार्ज
सारांश
- राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विक, जसलाई बङ्गलादेशविरुद्धको खेलमा चोट लागेको थियो, अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
- भारतको गोवास्थित मनिपाल अस्पतालमा उपचार गराइरहेकी विकको नाकको सफल शल्यक्रियापछि स्वास्थ्यमा सुधार आएको छ ।
- पूर्ण स्वास्थ्य लाभको लागि उनी ७ दिन गोवामा चिकित्सकको सल्लाहअनुसार फलो-अप जाँच गराएर स्वदेश फर्किनेछिन् ।
काठमाडौँ । नेपाल र बङ्गलादेशबिचको खेलका क्रममा गम्भीर चोट बोकेकी राष्ट्रिय महिला फुटबल टोलीकी सदस्य विमला विक अस्पतालबाट डिस्चार्ज भएकी छन् ।
भारतको गोवास्थित मनिपाल अस्पतालमा उपचार गराइरहेकी विमलाको स्वास्थ्यमा सुधार आएपछि उनलाई अस्पतालले डिस्चार्ज गरेको हो ।
मैदानमा खेलका क्रममा उनको नाकमा गम्भीर चोट लागेको थियो । अस्पताल भर्ना भएकी विमलाको नाकको सफल शल्यक्रिया गरिएको र अहिले उनी पूर्ण रूपमा स्वास्थ्य सुधारको चरणमा रहेकी छन् ।
अस्पतालबाट डिस्चार्ज भए पनि उनी तुरुन्तै नेपाल भने फर्किने छैनन् । चिकित्सकहरूको विशेष सल्लाह र सुझावअनुसार आगामी ७ दिनसम्म उनी गोवामै रहनेछन् र त्यहाँ रहँदा उनको ‘फलो–अप’ जाँच गरिनेछ ।
सो फलो–अप पूरा भएपछि मात्र उनी स्वदेश फर्किने अखिल नेपाल फुटबल संघ (एन्फा) ले जनाएको छ । एन्फाले एक विज्ञप्ति जारी गर्दै चोटग्रस्त खेलाडी विमलाको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अचार बनाउने तालिमपछि उद्यमशील बन्दै महिला
-
प्रधानमन्त्रीले गरेको गल्ती परराष्ट्रमन्त्री सच्याएर हुँदैन : हर्कराज राई
-
चलचित्रको विकासमा पत्रकारिताको भूमिका महत्त्वपूर्ण : अध्यक्ष डिसी
-
चितवनका किसानले पाएनन् चैते धानको न्यूनतम समर्थन मूल्य
-
प्रतिनिधिसभामा विपक्षी दलको विराेध
-
बाढीले क्षति पुगेको रसुवागढी जलविद्युत् आयोजनाको पुनर्निर्माण तीव्र
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण