इन्डोनेसियामा अधिकारकर्मी माथि एसिड हान्ने चार सेनालाई चलाइयो जेल
सारांश
- इन्डोनेसियाली सैन्य अदालतले मानवअधिकारकर्मी एन्ड्री युनुसमाथि एसिड आक्रमणमा दोषी ठहर भएका चार सैनिक अधिकृतलाई जेल सजाय सुनाएको छ ।
- एसिड आक्रमणमा संलग्न चारै जना सैनिक अधिकृतलाई अदालतले तीन वर्षदेखि एक वर्ष छ महिनासम्मको कैद सजाय सुनाएको छ ।
- मानवअधिकारकर्मी युनुस राष्ट्रपति प्रबोवो सुबियान्तो सरकारको सैन्य प्रभाव विस्तार गर्ने नीतिका आलोचक हुन् ।
इन्डोनेसिया । इन्डोनेसियाको सैन्य अदालतले मानवअधिकारकर्मी एन्ड्री युनुसमाथि एसिड आक्रमण गरेको अभियोगमा चार जना सैनिक अधिकृतलाई दोषी ठहर गर्दै जेल सजाय सुनाएको छ ।
अदालतले एक अभियुक्तलाई तीन वर्ष, अर्कोलाई दुई वर्ष छ महिना, तेस्रोलाई दुई वर्ष र चौथोलाई एक वर्ष छ महिना कैद सजाय सुनाएको हो ।
उनीहरू सबै इन्डोनेसियाली सेनाको रणनीतिक गुप्तचर एजेन्सी (बीएआईएस) का सदस्य हुन् ।
२७ वर्षीय युनुसमाथि गत मार्च १२ मा राजधानी जकार्तामा मोटरसाइकल चलाइरहेका बेला एसिड प्रहार गरिएको थियो । उक्त आक्रमणबाट उनको एउटा आँखाको दृष्टि गुमेको थियो भने अनुहार र शरीरको २० प्रतिशतभन्दा बढी भाग जलेको थियो ।
अभियोजन पक्षले सैनिकहरू युनुसको मानवअधिकार गतिविधिप्रति आक्रोशित भएर आक्रमणमा संलग्न भएको जनाएको छ । युनुस राष्ट्रपति प्रबोवो सुबियान्तो सरकारको सैन्य प्रभाव विस्तार गर्ने नीतिका कडा आलोचक मानिन्छन् ।
घटनाको संयुक्त राष्ट्रसंघले पनि निन्दा गरेको थियो । मानवअधिकारकर्मीमाथिको आक्रमणपछि व्यापक आलोचना भएपछि सम्बन्धित सैन्य गुप्तचर एजेन्सीका प्रमुखले पदबाट राजीनामा दिएका थिए ।
एजेन्सी
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुस्तामा भारतीय सीमा सुरक्षा बलको हस्तक्षेपविरुद्ध माओवादीको प्रदर्शन (तस्बिरहरु)
-
कांग्रेसको संस्थापन इतर पक्षले भोलि आइतबार विराटनगरमा भेला गर्दै
-
नेपाल र चीनका पाँच दर्जन सगरमाथा आरोही बेजिङमा सम्मानित
-
एआई क्रान्तिको अँध्यारो पक्ष : १० किलोमिटरसम्म फैलिँदैछ ‘हट जोन’
-
पुराना दलको विकल्पमा दुई वटा स्पष्ट वैचारिक ‘वैकल्पिक शक्ति’ आवश्यक छ : बाबुराम भट्टराई
-
काठमाडौँमा यौनिक तथा लैङ्गिक अल्पसङ्ख्यकको प्राइड परेड, तस्बिरमा हेर्नुहोस्
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण