शनिबार, ३० जेठ २०८३
ताजा लोकप्रिय

इतिहासको पाङ्ग्रा पछाडि फर्किँदैन : माधव नेपाल

बिहीबार, ०४ वैशाख २०८२, १४ : ३९
बिहीबार, ०४ वैशाख २०८२

चितवन । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपालले इतिहासको पाङ्ग्रा पछाडि नफर्कने बताएका छन् । बिहीबार पत्रकारहरूसँग कुराकानी गर्दै उनले उक्त कुरा बताएका हुन् । 

त्यसक्रममा उनले अहिले आफूहरू सरकारमा जाने मनस्थितिमा नरहेको समेत बताए । 

उनले भने,“तत्काल सरकारमा जाने मनस्थिति छैन । जनतामा जाने, जनताका समस्या बुझ्ने र उहाँहरूका समस्या समाधानमा ध्यान केन्द्रित छ ।” उनले अहिले पार्टीका कमीकमजोरीलाई सुधार गरेर अघि बढ्ने समय रहेको बताए । आफूहरू जनतामा जाने, जनताको समस्या बुझ्नेतर्फ केन्द्रित गरेको उनले उल्लेख गरे । 

नेपालीहरु देशको सम्मान, स्वाभिमानको रक्षा र स्वतन्त्रताको रक्षा गर्न आफैँ सक्ने अवस्थामा रहेका अध्यक्ष नेपालको भनाइ छ । 

शिक्षकहरूको मागका बारेमा सरकार सकारात्मक बनेर समस्या समाधान गर्नुपर्नेमा उनले जोड दिए । अध्यक्ष नेपालले वर्षौंदेखि भएका सहमति कार्यान्वयन गर्न सरकारलाई आग्रह समेत गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप