आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सुशासन र आर्थिक विकासका लागि माओवादीलाई मधेशी जनताले साथ दिनुपर्छ – प्रचण्ड

बिहीबार, ०४ वैशाख २०८२, १८ : ४८
बिहीबार, ०४ वैशाख २०८२

बुटवल । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले देशमा आर्थिक र सांस्कृतिक विकासका लागि माओवादीले नेतृत्व गर्ने बताएका छन् । 

जनतासँग माओवादी हुलाकी राजमार्ग जागरण अभियानअन्तर्गत आज (बिहीबार) रुपन्देहीको कोटहीमाई गाउँपालिका–५ मा आयोजित सभालाई सम्बोधन गर्दै उनले मुलक सुशासन, आर्थिक तथा सांस्कृतिक विकासका लागि मधेसका जनताले पार्टीलाई साथ दिनुपर्ने बताएका हुन् । 

मधेसी नागरिकको साथ पाए भ्रष्टाचार अन्त्य गरी समुन्नत नेपाल निर्माण गर्ने उनले दाबी गरे । मधेसका समस्याप्रति माओवादी जानकार रहेको भन्दै उनले प्रधानमन्त्री हुँदा मल खाद र विद्यालयमा पाठ्यपुस्तक सहज व्यवस्थापन गरिएको पनि दाबी गरे ।  

मिटरब्याज पीडितको समस्या समाधान गर्दागर्दै आफ्नो सरकार ढलेको र अहिलेको सरकार पीडितको पक्षमा नभई पीडकको पक्षमा रहेको उनले आरोप लगाए । त्यो वेला बिचौलियासँग मिलेर सेटिङमा आफ्नो सरकार ढालिएको पनि उनले यहाँ बताए ।

चीन र भारततर्फका सबै नाका खोल्न आफूले पहल गरेको जिकिर गर्दै त्यसबाट मुलुकको थप विकास हुने उनको भनाइ थियो ।

कार्यक्रममा विभिन्न दल परित्याग गरी १५० जना माओवादीमा प्रवेश गरेका थिए । सभामा प्रतिनिधि सभा सदस्यका उम्मेदवार मातृका यादवलगायत पार्टीका केन्द्रीय सदस्य सोनिया यादव, पार्टी केन्द्रीय सचिव चक्रपाणि खनाल लगायतले सम्बोधन गरेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप