‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
काठमाडौँ । हास्य कलाकार फुलन्देकी आमा अर्थात उमेश राई अब ठुलो पर्दामा पनि देखिने भएका छन् । सानोपर्दामा दर्शकको जितेका उनी जेठ २ देखि प्रदर्शनमा आउने तयारी रहेको फिल्म ‘हेल्लो काशीराम’ मार्फत ठुलो पर्दामा छाउन लागेका हुन् । प्रदर्शन मिति नजिकिएसँगै उनी फिल्मलाई लिएर निकै उत्साहित छन् ।
फिल्मको छायाङ्कन निकै रमाइलो तवरबाट भएको बताउने उनी यो डेब्यु फिल्म भएकोले छायाङ्कनका क्षणहरू सधैभरी यादगार हुने बताउँछन् । फिल्ममा आफूलाई दर्शकले भिन्न अवतारमा देख्न सक्ने बताए । फिल्मको मुख्य भूमिकामा अभिनेता दिलीप रायमाझी छन् । उनले अभिनेता दिलीप रायमाझीसँगको सहकार्यको अविस्मरणीय अनुभव रहेको प्रतिक्रिया दिए ।
‘ठुलो पर्दामा पहिलो पाइला चाल्दा लागेको रोमाञ्च अनुभव, आफ्नो जिम्मेवारी, डर सानो पर्दाको भन्दा निकै माथिको हुने रहेछ’, उनले भने ‘तर म एक्साइटेड छु । साना पर्दाको तुलनामा धेरै मिहिनेत, गहिरो अभिनय छ ।’ दर्शकलाई पेट मिचेर हाँस्ने कन्टेन्ट के हो भन्ने कुरो हेल्लो काशीराम हेरेपछि थाहा हुने बताउने उनी फिल्ममा आफ्नो पूर्ण कमेडी भूमिकामा रहेको बताउँछन् । भन्छन्, ‘फिल्म हास्य र व्यङ्ग्यको अनौठो मिश्रण हो ।’
फिल्म केन्द्रीय जाँच पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सल सर्टिफिकेट सहित प्रदर्शनमा लागि पास भएको छ । रेडलाइन फिल्मसको ब्यानरमा निर्माण भएको फिल्मको लेखन तथा निर्देशन रिम विश्वकर्माले गरेका हुन् भने पी.बी. थापाले लगानी छन् ।
फिल्ममा उनको अलावा दिलीप रायमाझी, सुरवीर पण्डित, रामचन्द्र अधिकारी, सुशील पोखरेल, भँगेरी डन, नवज्योती रसाइली, सुमन खाँण, अजय न्यौपाने, सरोज केसी, उमेश मायालु, विवेश पुरी लगायतका कलाकारको अभिनय छ । अभिनेत्री प्रियंका कार्की फिल्ममा विशेष भूमिकामा देखिँदै छिन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बाहिरको सहमतिले संसद्कै गरिमामाथि प्रश्न, सत्ता र विपक्ष दुवैले गरे तीव्र आलोचना
-
निःशुल्क स्वास्थ्य शिविरले महिलाको स्वास्थ्यमा सुधार
-
मानव गरिमाको संकट र हाम्रो सामाजिक चेतना
-
नेपाल–बेलायत आर्थिक साझेदारीमा नयाँ अध्याय, व्यापार र लगानी विस्तार गर्न दुई महत्त्वपूर्ण एमओयूमा हस्ताक्षर
-
सुदूरपश्चिमको बजेटः निरन्तरताभित्र नवीनता खोज्ने प्रयास
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण