भारी वर्षाले दिल्लीमा चार तले भवन भत्कियो, ४ जनाको मृत्यु
शनिबार, ०६ वैशाख २०८२, ०८ : २७

नयाँ दिल्ली । भारतको नयाँ दिल्लीस्थित मुस्तफावाद क्षेत्रमा चार तले भवन भत्किँदा कम्तीमा ४ जनाको मृत्यु भएको छ । यो घटना शनिबार बिहान करिब २:३० बजे भएको हो ।
भग्नावशेषमा अझै १० जनाभन्दा बढी फसेको आशंका गरिएको छ। राष्ट्रिय आपदा मोचन बल र दिल्ली प्रहरीको टोली घटनास्थलमा पुगेर उद्धार कार्य जारी राखेको छ।
डिभिजनल अग्नि नियन्त्रक राजेन्द्र अटवालले घटनाको पुष्टि गर्दै आफूहरूलाई बिहान करिब २:५० बजे घर भत्किएको जानकारी प्राप्त भएको बताए। उनले भने, ‘जब हामी घटनास्थलमा पुग्यौँ, हामीले पूरै भवन भत्किएको र मानिसहरू भग्नावशेषमा फसेको पायौँ। प्रहरीसँगको सहकार्यमा उद्धार कार्य सुरु गरिएको छ।’
शुक्रबार राति दिल्लीको मौसम अचानक बदलिएको थियो। भारी वर्षा र आँधीबेहरीका कारण धेरै क्षेत्रमा क्षति पुगेको छ। यही कारणले गर्दा मुस्तफावादको भवन पनि ढलेको मानिन्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आन्दोलनको पूर्वसन्ध्यामा ४० वर्षमूनिका युवासँग अन्तरसंवाद गर्दै राप्रपा अध्यक्ष लिङ्देन
-
बागमती प्रदेशसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
-
‘देशको आर्थिक उन्नयनका निम्ति ऊर्जा क्षेत्रको विकास अपरिहार्य छ’
-
वैदेशिक रोजगारीको लागि विभिन्न देशहरूमा पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
-
राजश्व छलीका सामाग्रीसहित काठमाडौँबाट ८ जना पक्राउ
-
माओवादी जनयुद्धको उद्गम थलोमा प्रचण्डको 'मर्निङ वाक' (तस्बिरहरू)