सहायक सेनानी पदमा बढुवा भएकालाई दर्ज्यानी चिह्न प्रदान
आइतबार, ०७ वैशाख २०८२, २० : २२
काठमाडौँ । नेपाली सेनामा साधारण सेवातर्फमा रिक्त रहेको सहायक सेनानी पदमा बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदारहरूलाई प्रधान सेनापति महारथी अशोक राज सिग्देलले आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच दर्ज्यानी चिन्ह प्रदान गरेका छन् ।
सैनिक सेवा नियमावली २०६९ बमोजिम नेपाली सेनामा साधारण सेवातर्फ रिक्त सहायक सेनानी पद मध्ये १० प्रतिशत बढुवाद्वारा पदपूर्ति गर्नुपर्ने व्यवस्था अनुरूप बढुवा भएका प्रमुख सुबेदार तथा सुबेदार ३४ जना मध्ये विभिन्न संयुक्त राष्ट्रसंघीय मिसन ९शान्ति सेना० मा खटिएका ५ जना बाहेक २९ जनालाई आज दर्ज्यानी चिन्ह प्रदान गरिएको हो ।
समारोहमा बलाध्यक्ष, रथीवृन्द, अधिकृतहरूका साथै बढुवा हुनु भएका अधिकृतहरूका परिवारजनको उपस्थिति सेनाले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आइभरी कोस्ट विरुद्ध नर्वेः कडा प्रतिस्पर्धाको अपेक्षा
-
समझदारीपत्रकाे उल्लङ्घन भए जवाफ दिने इरानको चेतावनी
-
कालीगण्डकीमा बेवारिसे शव फेला
-
१० बजे १० समाचार : जेनजी आन्दोलनमा आत्तिएर धेरै गोली, प्रथम महाधिवेशनमै वैधानिकतामाथि प्रश्न
-
८औँ नेशनल म्युजिक अवार्ड आयाेजना हुँदै
-
मदन भण्डारी विश्वविद्यालयलाई २१ करोड बजेट विनियोजन
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण