चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन प्रतियोगिता
सोमबार, ०८ वैशाख २०८२, १२ : ०८
काठमाडौँ । चीनमा मानिस र रोबोटबिच हाफ म्याराथन दौड भएको छ । चीनको राजधानी बेइजिङमा विश्वकै पहिला रोबोट हाफ म्याराथन आयोजना गरिएको हो ।
रोबोटहरू २१ किलोमिटर दौडिएका छन् । केही रोबोटहरू मानिसहरू जस्तै थकित भएको पाइएको छ । केही रोबोटहरूले जुत्ता समेत लगाएका थिए ।
प्रत्येक रोबोटको पछाडि विज्ञहरूको टोली खटाइएको थियो । दौडमा तीन पटक रोबोटहरुको ब्याट्री बदलिएको थियो ।
बेइजिङ ह्युमनोइड रोबोट इनोभेसन सेन्टरद्वारा विकसित टिएन कुङ अल्ट्रा रोबोटले २ घण्टा ४० मिनेटमा अन्तिम रेखा पार गरेको थियो ।
नोएटिक्सको एन२ दोस्रो स्थानमा आयो । ड्रॉइडअपको रोबोटले तेस्रो स्थान हासिल गरेको छ । ६ ह्युमनोइड रोबोटहरूले दौड पूरा गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘शिक्षामन्त्रीले राजीनामा नदिएसम्म कुनै छलफल हुँदैन’
-
स्वरूप परिवर्तन गरिएका थप १८ मोटरसाइकल नियन्त्रणमा
-
तेह्रथुममा खुकुरी प्रहार गरी महिलाको हत्या
-
निर्मल पुर्जाको ५७ औँ पटक आठ हजार मिटर अग्ला हिमालको सफल आरोहण, सांसद शेर्पाद्वारा बधाई
-
त्रिवि स्ववियू उपसभापतिसहित २३ जना विद्यार्थी प्रहरीको नियन्त्रणमा
-
सार्वजनिक खरिद अनुगमन कार्यालयद्वारा निर्माण कार्य खरिदसम्बन्धी परिमार्जित नमुना बोलपत्र जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण