प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
मङ्गलबार, ०९ वैशाख २०८२, ०४ : ४५

काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको नटिङघमले जित निकालेको छ । सोमबार राती भएको खेलमा नटिङघमले टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हरायो ।
नटिङघमका लागि पहिलो आधा अर्थात् हाफअघि इलिओट् एण्डरसन र क्रिस उडले गोल गरे । दोस्रो हाफमा घरेलु टोली टोटनह्यामका रिचर्डसनले एक गोल फर्काए ।
यो जितपछि नटिङघमको ३३ खेलबाट ६० अंक भएको छ । उ भन्दामाथि रहेको आर्सनलको ६६ अंक छ भने उपाधि नजिक रहेको लिभरपुल समान खेलबाट ७९ अंककासाथ शीर्ष स्थानमा छ ।
लिग लिडर लिभरपुललाई उपाधि कब्जा गर्न अब एक खेलमा जितको जरुरी छ । लिभरपुलको पाँच खेल अगावै उपाधि जित्ने योजना भने पूरा हुन सकेन । आफ्नो ३३ औं खेलमा आर्सनल विजयी भएपछि माहोल गडबड भएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आराध्य बने ‘युसिमास च्याम्पियन अफ दी च्याम्पियन’
-
वैचारिक रूपमा स्पष्ट वैकल्पिक पार्टी अहिलेको आवश्यकता : मानुषी यमी भट्टराई
-
१० बजे १० समाचार : सकसमा गृहमन्त्री, मधेसमा कांग्रेसको आँखा
-
हजुरबुबा ज्ञानेन्द्रसँगै किन नारायणहिटी पुगे हृदयेन्द्र शाह ?
-
तीनै तहको अदालतबाट मुद्दा जिते पनि घरमा बस्न नपाएपछि गुहारे गृहमन्त्री
-
श्रेयस र स्टोइनिसको विस्फोटक ब्याटिङ, दिल्लीसामु २ सय ७ रनको लक्ष्य