प्रिमियर लिगमा तेस्रो स्थानको नटिङघमलाई सफलता
मङ्गलबार, ०९ वैशाख २०८२, ०४ : ४५
काठमाडौं । इंग्लिश प्रिमियर लिग फुटबलमा तेस्रो स्थानको नटिङघमले जित निकालेको छ । सोमबार राती भएको खेलमा नटिङघमले टोटनह्याम हट्स्परलाई २-१ गोल अन्तरले हरायो ।
नटिङघमका लागि पहिलो आधा अर्थात् हाफअघि इलिओट् एण्डरसन र क्रिस उडले गोल गरे । दोस्रो हाफमा घरेलु टोली टोटनह्यामका रिचर्डसनले एक गोल फर्काए ।
यो जितपछि नटिङघमको ३३ खेलबाट ६० अंक भएको छ । उ भन्दामाथि रहेको आर्सनलको ६६ अंक छ भने उपाधि नजिक रहेको लिभरपुल समान खेलबाट ७९ अंककासाथ शीर्ष स्थानमा छ ।
लिग लिडर लिभरपुललाई उपाधि कब्जा गर्न अब एक खेलमा जितको जरुरी छ । लिभरपुलको पाँच खेल अगावै उपाधि जित्ने योजना भने पूरा हुन सकेन । आफ्नो ३३ औं खेलमा आर्सनल विजयी भएपछि माहोल गडबड भएको हो ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण