बालबालिकालाई मुख्यमन्त्री कँडेलको सुझाव : सानै उमेरमा राजनीति नगर्नुहोला
सुर्खेत । कर्णालीका मुख्यमन्त्री यामलाल कँडेलले आफुकहाँ भेट्न आएका बालबालिकाहरुलाई सानै उमेरमा राजनीति नगर्न सुझाव दिएका छन् । यदि गरेकै खण्डमा बुझेर मात्र गर्नुपर्ने सुझाव बालबालिकालाई दिएका हुन् ।
‘राजनीतिबारे बुझ्नु तर सानै उमेरमै राजनीति नगर्नुहोला,’ बुधबार प्रदेशका दश वटै जिल्लाबाट प्रतिनिधित्व गर्दे आएका बालबालिकाहरुसँग साक्षात्कार गर्दै उनले भने, ‘यो उमेरकै तपाईंहरुलाई राजनीति गर्नुस् त भन्दिन तर राजनीति गर्ने बेला बुझेर मात्र गर्नुहोला ।’
राजनीति भनेको अधिकारको खोजीको यात्रा हो । कँडेलले बरु विद्यालयमा रहेका बालबालिकाले विद्यालय बाहिर रहेका बालबालिकाको हितमा आवाज उठाउन भने ।
विद्यालय जान नपाएका बालबालिकाहरुको बारेमा घर छिमेकमै रहेका बालबालिकाहरु नै बढी जानकार हुने हुँदा उनीहरुलाई विद्यालय पठाउन प्रेरित गर्ने काममा सहयोगी समूह बनाएर लाग्न पसन कँडेलले सुझाव दिए ।
यसैबीच कर्णाली प्रदेश स्तरीय बाल संजालका पदाधिकारी र सदस्यहरुले मुख्यमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
ज्ञापनपत्र बुझाउदै संजालकी अध्यक्ष समीक्षा चौधरीले बालबालिकाहरुको उचित सवालको समयमै व्यबस्थापन गर्नुपर्ने, बालविवाह न्युनीकरण रणनीति र बालविवाहको उमेर हद २० वर्ष कायम गर्नुपर्ने, विद्यालयमा बाल संरक्षणमा ध्यान दिनुपर्ने, समाजमा रहेका हानिकारक प्रथा बालविवाह, जातिय छुवाछूत, छाउपडी प्रथा, अपांगताहरुमाथिको हिंसा न्युनिकरण गर्न कानुनसँगै व्यबहारिक रुपमा पनि पहलकदमी गर्न सरकारसँग माग गरिन् ।
कँडेलले बालअधिकारका बिषयमा राखेका विषयहरु सान्र्दभिक भएको र स्थानीय तहलाई सचेत बनाउने काममा पनि लाग्न अनुरोध गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण