आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
रातोपाटी ब्रिफिङ

१० बजे १० समाचार : अनधिकृत पत्रले रेशमलाई तनाव, शिक्षक आन्दोलन सकियो

बुधबार, १७ वैशाख २०८२, २२ : ००
बुधबार, १७ वैशाख २०८२

आज २०८२ वैशाख १७ गते बुधबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–

  • पहलगाम हमला

गत २२ अप्रिलमा जम्मू कश्मीरको पहलगाममा भएको आक्रमणमा २६ जनाको मृत्यु भएको थियो । त्यसपछि धेरै भिडियोहरू बाहिर आए । यी भाइरल भिडियोहरूमध्ये एक गुजरातकी शीतल कलाठियाको थियो । यस आक्रमणमा शीतलका ४४ वर्षीय पति शैलेशभाई कलाठियाको पनि मृत्यु भएको थियो ।

  • भौतिक मन्त्रालयको आगामी बजेट 

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले आगामी बजेटमा नयाँ आयोजना नथप्ने भएको छ । बरु पुरानै आयोजनालाई प्राथमिकता दिइएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सहसचिव तथा प्रवक्ता भीमार्जुन अधिकारीले आगामी बजेटमा निर्माण सम्पन्न हुन लागेका र राष्ट्रिय गौरवका आयोजनालाई बढी प्राथमिकतामा राखिएको बताए । 

  •  जितको सन्देश के ?

००७ सालको क्रान्ति अगाडिदेखि नै विराटनगरले काठमाडौँ (केन्द्रीय नेतृत्व) विरुद्ध धावा बोल्थ्यो । त्यसवेला कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध चालेका कदमको अहिले पनि चर्चा हुन्छ । 

  • शिक्षक आन्दोलन

 सरकार र शिक्षकहरुबीच सहमति भएसँगै शिक्षकहरुले आन्दोलन रोक्ने भएका छन् । सरकारसँग सहमति भएसँगै आन्दोलन रोक्ने नेपाल शिक्षक महासंघले बताएको हो ।  

  • अनधिकृत पत्रले रेशम पक्राउ

सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका अधिकृतले लेखेको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामा बस्न बाध्य भएका छन् । सर्वोच्च अदालतका सह रजिष्ट्रार तथा प्रवक्ता अच्युत कुईंकेलले सो पत्रलाई ‘अनधिकृत’ भनेका छन् ।

  • रोकियो एकता

जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीको घोषणसभा स्थलबाट नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरी पक्राउ परेपछि एकता घोषणा कार्यक्रम स्थगित भएको छ । ती दुई पार्टीबिच ११ बजेका लागि घोषणा कार्यक्रम राखिएको थियो तर चौधरी पक्राउ परेपछि आजको घोषण कार्यक्रम स्थगित गरिएको जनमत पार्टीका अध्यक्ष सिके राउतले बताए । 

  • सामाजिक सञ्जाल

करोडौँ कर तिरेर सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई सरकारले सूचीकृत नभए बन्द गर्ने चेतावनी दिँदै आएको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सामाजिक सञ्जाल फेसबुक, लिङ्डिन, नेटफ्लिक्स, गुगललगायत सामाजिक सञ्जाललाई सूचीकृत नभए बन्द गर्ने चेतावनी दिइरहेको छ ।

  •  जितको सन्देश के ?

२००७ सालको क्रान्ति अगाडिदेखि नै विराटनगरले काठमाडौँ (केन्द्रीय नेतृत्व) विरुद्ध धावा बोल्थ्यो । त्यसवेला कृष्णप्रसाद कोइरालाले राणा शासनविरुद्ध चालेका कदमको अहिले पनि चर्चा हुन्छ । 

  • पेट्रोलियम पदार्थको मूल्य

 पेट्रोलियम पदार्थको मूल्य घेटेको छ । नेपाल आयल निगमले बिहीबारदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँका दरले मूल्य घटाएको हो ।

  • चिकित्सकहरूको आन्दोलन किन रोकिएन ?

 देशभरका चिकित्सकहरू विगत २८ दिनदेखि आन्दोलनमा छन् । आवासीय चिकित्सकलाई सरकारी मेडिकल अधिकृत सरह निर्वाह भत्ताको माग गर्दै आन्दोलन गर्दै आएका हुन् । गत शुक्रबारदेखि उनीहरु इमरजेन्सी बाहेकका अन्य सेवा पनि बन्द गरेर आन्दोलन गर्दै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप