सर्वोच्चले भन्यो– पत्र कार्यान्वयन नगर्नू, रेशम चौधरीलाई थुनामुक्त गरिदिनू (पत्रसहित)
काठमाडौँ । सर्वोच्च अदालतले रेशमलाल चौधरीलाई रिहा गर्न कारागार कार्यालय डिल्लीबजारलाई पत्र लेखेको छ । सर्वोच्चका सह–रजिस्ट्रार अच्युत कुइँकेलले आजै कारागार कार्यालयमा पठाइएको पत्र आधिकारिक नभएको उल्लेख छ।
अनधिकृत पत्र कार्यान्वयन नगरी चौधरीलाई तत्काल थुनामुक्त गर्न कारागारलाई भनिएको छ । पत्रमा भनिएको छ, 'यस अदालतको मुद्दा तथा रिट महाशाखा उल्लेख भई च.नं. १९२७७, मिति २०८२ । १ । १७ मा कैदमा राख्न पठाईएको सम्बन्धमा भन्ने विषयमा श्री कारागार कार्यालय डिल्लीबजारका नाममा लेखिएको पत्र यस अदालतको आधिकारीक पत्र नभएको हुँदा उक्त पत्र कार्यान्वयन नगरी उक्त पत्र बमोजिम कैलाली जिल्ला साविक दुर्गौली गा.वि.स.वडा नं. ८ हाल जानकी गाउँपालिका वडा नं.६ घर भएका लालवीर चौधरीको छोरा रेशमलाल चौधरी पक्राउ परेको भए तत्काल कैद / थुनामुक्त गरिदिनुहुन अनुरोध छ ।'
नक्कली पत्रका आधारमा पक्राउ परेका रेशम आधिकारिक पत्रपछि रिहा भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भारतमा सीजेपी आन्दोलनको राप (भिडियो)
-
डिभिजन वन कार्यालय धनगढी र पहलमानपुरको कागजात अख्तियारको नियन्त्रणमा
-
धर्नामा बसेका राहुल गान्धी र अखिलेश यादवसहितका नेताहरू पक्राउ
-
चाबहिलमा घरको छतबाट हामफालेका व्यापारीको मृत्यु
-
निष्प्रभावी बन्दै बालेन सरकारको नीति, एकपछि अर्को धक्का
-
कास्कीमा बिहान ८ बजेदेखि राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण