अदालत
अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु : सर्वोच्च अदालत
बुधबार, १७ वैशाख २०८२, १६ : ४३

काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनेर अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ।
अदालतका अनुसार वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृति विना नै पठाइएको पुष्टि भएको छ। सो पत्रलाई अनधिकृत ठहर गर्दै सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ। पत्रसँगै चौधरी बुधबार साँझ नै रिहा भइसकेका छन् ।
साथै, सो पत्र पठाउने सम्बन्धित अधिकृतलाई हालै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अच्युत कुईंकेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थमन्त्री जवाफ दिन अघि बढेपछि जर्याकजुरुक उठे रास्वपाका सांसद, अनि सुरु भयो नाराबाजी (तस्बिरहरू)
-
युवालाई स्वदेशमै रोजगारीका अवसर सिर्जना गरिनुपर्छ : सांसद खतिवडा
-
बाढीले क्षति पुगेका आयोजनाहरू बजेटमा समावेश भएनन् : सांसद जबरा
-
रास्वपालाई एमाले सांसदले जुत्ता चप्पल खोलेर विरोध गर्न मिल्दैन भनेपछि...
-
विकल पौडेललगायतविरूद्ध सर्वोच्च पुग्यो अख्तियार
-
‘ह्विलिङ चार्ज’ को विषयलाई चाँडो टुङ्ग्याउन ऊर्जामन्त्रीको निर्देशन