अदालत
अनधिकृत रूपमा पत्र लेख्ने अधिकृतमाथि कारबाही प्रक्रिया सुरु : सर्वोच्च अदालत
बुधबार, १७ वैशाख २०८२, १६ : ४३
काठमाडौं । सर्वोच्च अदालतले रेशम चौधरीलाई पक्राउ गर्न भनेर अनधिकृत रूपमा पत्राचार गर्ने शाखा अधिकृत महिमान सिंह विष्ट विरुद्ध कानुनी कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ।
अदालतका अनुसार वैशाख १७ मा कारागार कार्यालय, डिल्लीबजार काठमाडौंलाई लेखिएको पत्र अदालतको आधिकारिक स्वीकृति विना नै पठाइएको पुष्टि भएको छ। सो पत्रलाई अनधिकृत ठहर गर्दै सर्वोच्च अदालतले कारागार कार्यालयलाई पत्र कार्यान्वयन नगर्न स्पष्ट निर्देशन दिएको छ। पत्रसँगै चौधरी बुधबार साँझ नै रिहा भइसकेका छन् ।
साथै, सो पत्र पठाउने सम्बन्धित अधिकृतलाई हालै प्रचलित कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइएको अदालतका प्रवक्ता तथा सह–रजिष्ट्रार अच्युत कुईंकेलले बुधबार जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमका पहाडी जिल्लामा बर्खा लाग्नासाथ बढ्छ दुर्घटनाको जोखिम
-
बाढी–पहिरोका कारण अवरुद्ध छन् यी राजमार्ग (विवरणसहित)
-
हृदयघात भएको पहिलो १० मिनेटमा के गर्ने ?
-
दिनदिनै लौकाको जुस पिउँदा शरीरलाई हुन्छ यस्ता फाइदा
-
अनुहारमा दही लगाउँदा के हुन्छ ?
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण