शाखा अधिकृतको ‘अनधिकृत’ पत्रले रेशम चौधरी झण्डै ५ घण्टा थुनामा
काठमाडौँ । सर्वोच्च अदालतको मुद्दा तथा रिट महाशाखाका अधिकृतले लेखेको पत्रको आधारमा नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चौधरी थुनामा बस्न बाध्य भएका छन् । सर्वोच्च अदालतका सह रजिष्ट्रार तथा प्रवक्ता अच्युत कुईंकेलले सो पत्रलाई ‘अनधिकृत’ भनेका छन् ।
बुधवार शाखा अधिकृत महिमान सिंह विष्टले रेशमलाई पक्राउ गरेर थुनामा राख्न कारागार कार्यालय डिल्लीबजारलाई सम्बोेधन गरेर पत्राचार गरेका हुन् । प्रहरी महानिरीक्षकलाई बोधार्थ दिइएको पत्रको आधारमा काठमाडौँका एसएसपी विश्व अधिकारीले आधिकारीकता समेत नबुझिकन चौधरीलाई पक्राउ गर्न प्रहरी परिचालन गरेका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँका डीएसपी प्रह्लाद कार्की नेतृत्वको टोलीले उनलाई पक्राउ गरेर डिल्लीबजारमा बुझाएको थियो । १२ बजेर ५० मिनेटमा पक्राउ परेका चौधरी झण्डै ५ घण्टापछि कारागारबाट छुटेका छन् ।
पत्राचार गर्ने अधिकृत विष्टलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान थालेको छ । सर्वोच्चका प्रवक्ताले पत्रबारे भनेका छन्, ‘अनधिकृत रुपमा सो पत्र लेख्ने अधिकृतलाई कानून बमोजिमको कारबाहीको प्रक्रिया शुरु गरिएको छ ।’
नाउपा र जनमत पार्टीको बिचमा आयोजित एकता घोषणा सभामा जाँदै गरेका चौधरी कमलादी स्थित गणेशस्थानबाट पक्राउ परेका हुन् । चौधरीको गिरफ्तारीसँगै कमलादी स्थित प्रज्ञा भवनमा आयोजित एकता घोषणा सभा नै बिथोलिएको थियो ।
चौधरीलाई माफी दिने राष्ट्रपतिको निर्णय विरुद्ध परेको रिटबारे फैसला नहुँदै विष्टले २०८० जेठ २ मा भएको फैसलालाई आधार मानेर पत्र लेखेका थिए ।
उनको कैद माफी मिनाहा बिरुद्ध परेको रिट सर्वोच्चमा बिचाराधीन छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण