सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

हाम्रो पार्टीलाई जनमतको कमी छैन: अध्यक्ष नेपाल

शनिबार, २० वैशाख २०८२, १६ : ५५
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आफ्नो पार्टीलाई जनताको मतको कमी नरहेको बताएका छन् । शनिवार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले गत निर्वाचनमा आदिवासी जनजातिलाई आफ्नो पार्टीसँग जोड्न सकेको भए राष्ट्रिय पार्टी बन्ने दाबी गरेका हुन् । 

उनले आफ्नो पार्टीलाई लाखौँको सङ्ख्यामा सहकारी संगठनमा आबद्ध व्यक्ति, एनजीओ, आइएनजीओमा संलग्न व्यक्तिहरूको साथ रहेको दाबी गरे । अहिले पनि आफू देश दौडाहामा जाँदा हिमाल, पहाड र तराईका कुनै पनि ठाउँमा पार्टीलाई साथ दिने जनताको कमी महसुस नगरेको बताए । 

अध्यक्ष नेपालले भने, ‘त्यतिखेर मात्रै आदिवासी जनजातिको मात्रै भोट,अझै म भन्छु: हाम्रा साथीहरू लाखौँको सङ्ख्यामा सहकारी संगठनमा आबद्ध छन् । एनजिओ, आईएनजीओमा संलग्न छन् । तिनीहरूको लाखौँ भोट यो पार्टीमा ल्याउनको लागि भनेर लागेको भए राष्ट्रिय पार्टी बन्न कुनै गाह्रो थिएन । सजिलै गरी अरूलाई हामीले उछिन्ने थियौँ । हामीसँग जनताको मतको कमी छैन । अस्ति भर्खरै पनि म कर्णाली प्रदेश पुगेर आएँ । कालिकोट पुगेर आएँ । रासकोटमा पुगेर आएँ । हुम्ला जाने त्यत्रो विकट ठाउँमा भएको अधिवेशनमा मैले मान्छेको हजारौँको जुलुस कार्यक्रममा सहभागिता देखेँ । रौतहट, सप्तरी जिल्लाको कार्यक्रममा पनि हजारौँ, हजार मानिसको सहभागिता देखेको थिएँ । अनि मैले भनेँ: तराई होस्, पहाड होस्, हिमाल होस् हाम्रो पार्टी सबै ठाउँमा अगाडि बढिरहेको छ । यो पार्टीलाई अझै अगाडि बढाएर जाने हो । अरू पार्टी भन्दा शक्तिशाली बनाउने, त्यो तपाईं हामीमाथि भर पर्छ । त्यसैले यो पार्टीलाई बलियो बनाउने काममा जुट्नुस्, यो पार्टीलाई गतिशील बनाउने काममा लाग्नुस् । जसले जे जिम्मा पाउनुभएको त्यसको जिम्मेवारी निभाउनुस् ।’

अध्यक्ष नेपालले गणतन्त्रका पक्षधरहरू फेरि पनि मिल्न जरुरी रहेको बताए । उनले कम्युनिस्ट पार्टीको क्रान्तिकारी धार हराउन नदिन नयाँ पार्टी गठन गरेको जिकिर गरे । आफ्नो पार्टी चुप लागेर बस्ने नभई गतिशीलता, क्रियाशीलतामा विश्वास गर्ने पार्टी भएको उनको भनाई थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप