४० वर्ष माथिका नागरिकहरूमा नसर्ने रोगको परीक्षण तथा नि:शुल्क उपचार गरिने
सुर्खेत । कर्णाली प्रदेश सरकारले ४० वर्ष कटेकाहरुमा नसर्ने रोगको परीक्षण तथा निशुल्क उपचार गर्न नागरिक स्वास्थ्य परीक्षण कार्यक्रम सुभारम्भ गरेको छ । आइतबार एक कार्यक्रमकाबिच कर्णालीका सामाजिक विकासमन्त्री घनश्याम भण्डारीले उक्त कार्यक्रमको शुभारम्भ गरेका हुन् ।
मन्त्री भण्डारीले पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिका–१३, स्थित गुमी स्वास्थ्य चौकीबाट स्वास्थ्य परीक्षण कार्यक्रमको औपचारिक सुभारम्भ गरेका हुन् । कार्यक्रम अन्तर्गत ४० वर्ष कटेका प्रदेशभरका नागरिकमा नसर्ने रोगहरु मधुमेह, उच्च रक्तचाप तथा मृगौला रोगको निशुल्क परिक्षणका साथै उपचार गरिने छ ।
मन्त्री भण्डारीका अनुसार १० वटै जिल्लाका सबै स्थानीय तहमा नसर्ने रोगहरुको नियमित परीक्षण तथा उपचार सेवा सुरु भएको छ । ‘पछिल्लो समय अस्वस्थ खानपान र जीवनशैलीका कारण कर्णालीमा नसर्ने रोगको जोखिम उच्च हुँदै गएको छ,’ उनले भने, ‘४० वर्ष माथिको जनसंख्यामा नसर्ने रोगको परीक्षण गर्नुको मुख्य उद्देश्य कर्णालीको समर्ग स्वास्थ्यको अवस्था पत्ता लगाउनु हो ।’
नसर्ने रोगहरुबाट भविष्यमा निम्तन सक्ने जोखिम न्यूनीकरण गरी स्वस्थ कर्णाली निर्माण गर्ने लक्ष्यका साथ सरकार अघि बढेको पनि उनको दाबी छ । कार्यक्रममार्फत स्कृनिङ्ग गरिएको तथ्यांकको आधारमा स्वास्थ्य रणनीति तय गर्न सघाउ पुर्याउने पनि भण्डारीले बताए ।
स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका निमित्त निर्देशक मानकुमारी गुरुङ्गले प्रदेश सरकारद्वारा महत्त्वका साथ अघि बढाइएको कार्यक्रममा ४० कटेका महिला तथा पुरुषमा नसर्ने रोगको जोखिम कम गर्न स्वास्थ्य परीक्षण प्रभावकारी हुने विश्वास व्यक्त गरिन् ।
कार्यक्रम सञ्चालनका लागि जिल्लामा पठाइएको १० लाख बजेटले स्कृनिङ्ग सामग्री खरिद गर्ने र निर्देशालयको व्यवस्थापनमा यस वर्ष नागरिक स्वास्थ्य परीक्षणलाई बृहत बनाइने उनले बताइन् ।
आगामी आर्थिक वर्षबाट कर्णालीका ७९ वटै स्थानीय तहसँग समन्वय गरी वडास्तरबाटै परीक्षणलाई नियमित बनाइने उनको भनाइ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण