सोमबार, १५ असार २०८३
ताजा लोकप्रिय

दोस्रो स्थानमा उक्लियो पञ्जाब

सोमबार, २२ वैशाख २०८२, ०६ : १७
सोमबार, २२ वैशाख २०८२

धर्मशाला । इन्डियन प्रिमियर लिग (आईपीएल) २०२५ को ५४ औं खेलमा पञ्जाब किंग्सले लखनउ सुपर जायन्ट्समाथि ३७ रनले जित हासिल गरेको छ। लगातार दोस्रो जितसँगै टोली अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ । टोलीले ११ खेलबाट १५ अंक बटुलेको छ ।

उता लखनउले भने लगातार तेस्रो खेल हारेको छ । टोली सातौँ स्थानमा सीमित छ। धर्मशालास्थित एचपीसीए स्टेडियममा २ सय ३७ रनको लक्ष्य पछ्याउँदै लखनउले २० ओभरमा ७ विकेट गुमाएर १९९ रन मात्र बनाउन सक्यो। 

आयुष बदोनी ७४ रन बनाएर आउट भए। अब्दुल समदले ४५ रन बनाए। बाँकी ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन्। अर्शदीप सिंहले तीन विकेट लिए। अज्मतुल्लाह ओमारजाईले २ विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको पञ्जाब किंग्सले २० ओभरमा ५ विकेट गुमाएर २ सय ३६ रन बनाएको थियो। प्रभसिमरन सिंहले ४८ बलमा ९१ रनको इनिङ्स खेले। उनले ६ चौका र ७ छक्का प्रहार गरे। 

कप्तान श्रेयस अय्यरले ४५ रन, शशांक सिंहले ३३ रन, जोस इङ्गलिसले ३० रन योगदान गरे। दिग्वेश राठी र आकाश महाराज सिंहले २-२ विकेट लिए।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप