दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
सोमबार, २२ वैशाख २०८२, ०९ : १३
सुर्खेत । पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले रातोपाटीलाई बताए ।
उनका अनुसार आइतबार बेलुका ५ः५० बजेतिर उक्त घटना घटेको हो । ‘उहाँ घाँस काट्न भनेर रुखमा चढ्नु भएको रहेछ,’ उनले भने, ‘विद्युत् तारले पनि रुख छोएको रहेछ । पानी परेकाले करेन्ट लाग्न पुग्यो ।’
विद्युत् प्राधिकरणको चरम लापरबाहीकै कारण युवकको ज्यान गएको भन्दै परिवारले क्षतिपूर्तिको माग गरिरहेका छन् । प्रहरी टोली त्यहाँ पुगेर अहिले समन्वय गरिरहेको सूचना अधिकारी सुनारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ललितपुरबाट हराएको पल्सर मोटरसाइकल काठमाडौँमा फेला, नम्बर प्लेट बदलेर कुदाउने एक जना पक्राउ
-
अमेरिकामा विमान दुर्घटना : ११ प्यारासुट जम्पर्स र पाइलटसहित १२ जनाको मृत्यु
-
होर्मुज खुला हुने भएपछि विश्व बजारमा कच्चा तेलको मूल्य मार्च महिनायताकै सबैभन्दा न्यून
-
बाँदर आतंक: सरोकार निकायहरूलाई पत्र
-
राष्ट्रिय दोहोरीगीत प्रतियोगिताको उपाधि निशान्त र संगीनालाई
-
‘सुपर सब’ डियालो चम्किँदा आइभोरी कोस्ट विजयी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण