दैलेखमा करेन्ट लागेर एक युवकको ज्यान गयो
सोमबार, २२ वैशाख २०८२, ०९ : १३

सुर्खेत । पश्चिम दैलेखको राकम कर्णालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा आठबिस नगरपालिका—४, राकमका २९ वर्षीय नगेन्द्र माझी रहेको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी लालबहादुर सुनारले रातोपाटीलाई बताए ।
उनका अनुसार आइतबार बेलुका ५ः५० बजेतिर उक्त घटना घटेको हो । ‘उहाँ घाँस काट्न भनेर रुखमा चढ्नु भएको रहेछ,’ उनले भने, ‘विद्युत् तारले पनि रुख छोएको रहेछ । पानी परेकाले करेन्ट लाग्न पुग्यो ।’
विद्युत् प्राधिकरणको चरम लापरबाहीकै कारण युवकको ज्यान गएको भन्दै परिवारले क्षतिपूर्तिको माग गरिरहेका छन् । प्रहरी टोली त्यहाँ पुगेर अहिले समन्वय गरिरहेको सूचना अधिकारी सुनारले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसएसपीले गरे ग्वार्को ओभरपासको उद्घाटन, ओलीले ताली पड्काए (भिडियोसहित)
-
६० किलो सुन प्रकरण : फरार आरोपी अमला रोका टोखाबाट पक्राउ
-
लुम्बिनी प्रदेशसभा बैठक स्थगित
-
ग्वार्कोमा निर्माण भएको ओभरपास उद्घाटन, तस्बिरहरू
-
विदेशी कामदार विस्थापित गरेर स्वदेशी कामदारलाई रोजगारी सिर्जना गर्ने यस्तो छ सरकारी रणनीति
-
ग्वार्को चोकमा बनेको ‘ओभरपास’ उद्घाटन