‘माफियाका लागि विधेयक, भूमिहीनलाई बेवास्ता ?’ : पूर्व प्रधानमन्त्री प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भूमिहीन र सुकुम्बासीको अधिकारको वेवास्ता गर्दै सरकारले माफियामैत्री नीति अघि बढाएको बताएका छन् ।
पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सरकारको ध्यान विचौलिया र माफियाहरुका सेवामा केन्द्रित भएको बताए ।
“एउटा इगो पुरा गर्न लोकलाई नै लज्जित पार्ने गरी कुलमान घिसिंगलाई हटाइ छोड्नुभयो । कुलमानलाई समर्थन गरेको झोंकमा आफ्नै मन्त्रीलाई निष्काशित गर्नुभयो । बिजुलीको अर्बौं बक्यौता नतिर्नेहरुलाई खुसी पार्नुभयो तर त्यहीँनेर अघिल्लो सरकारले ५ लाख भूमिहीन, सुकुम्बासीहरुलाई जग्गाको स्वामित्व दिने चिन्ता तपाईहरुमा पलाएन रु अहिले पनि निकै कञ्जुस्याईं गरेर नीति कार्यक्रममा उनीहरुको व्यवस्थापन गरिनेछ भनेर एक लाइन लेख्नुभएछ। तर माफियाहरुका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याएर कसरी गर्नुहुन्छ व्यवस्थापन ? त्यसैपनि पत्याउने आधार बाँकी राख्नुभएको छ ?” प्रचण्डले भने ।
उनले नीति तथा कार्यक्रममा भूमिहीनको व्यवस्थापनका लागि एक लाइन मात्र लेखिएकोमा असन्तुष्टि व्यक्त गर्दै भन्नुभयो, “भूमिहीनको अधिकारलाई त्यति हल्का लिँदा, माफियाका पक्षमा भूमिसम्बन्धी विधेयक ल्याउन सरकारको के आधार छ ?”
“यसरी भूमिहीन र सुकुम्बासीलाई राज्यले महत्व नदिँदा सरकारको समावेशीता र सामाजिक न्यायका दावी कमजोर बनिरहेका छन्,”प्रचण्डले भने ।
उनले अघिल्लो वर्षको बजेटमा समावेश गरिएको भूमिहीन र सुकुम्बासीको व्यवस्थापनका कार्यक्रमहरूको कार्यान्वयनमा असफलता देखाउने सरकारको नीति प्रवृत्तिलाई आलोचना गर्दै भने,“पत्याउने आधार नै बाँकी राख्नुभएको छैन,” ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण