बुधबार, १७ असार २०८३
ताजा लोकप्रिय
संसद् बैठक

अध्यक्ष प्रचण्डको प्रश्न : दलित, महिला बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता ?

सोमबार, २२ वैशाख २०८२, १४ : ०९
सोमबार, २२ वैशाख २०८२

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री प्रचण्डले सरकारद्वारा प्रस्तुत नीति तथा कार्यक्रमले सीमान्तकृत समुदायलाई उपेक्षा गरेको बताएका छन् । सोमबार प्रतिनिधिसभामा नीति तथा कार्यक्रमबारे बोल्दै अध्यक्ष प्रचण्डले  प्रश्न गरे— ‘दलित बहिष्कार गरेर बनाइने ‘सुखी नेपाली’ कस्ता हो, ?’

आफू नेतृत्वको सरकारले अघि सारेका नीति तथा कार्यक्रमलाई स्मरण गराउँदै उनले दलित, महिला, श्रमिक, अपाङ्ग, सीमान्तकृत र उपेक्षित समुदायको जीवनस्तरमा सार्थक परिवर्तन ल्याउने उद्देश्यले ऐतिहासिक कार्यक्रमहरू अघि सारिएको बताए । तर वर्तमान सरकारको नीति तथा कार्यक्रममा ती कार्यक्रमहरू पूर्ण रूपमा हटाइएकोप्रति गम्भीर चिन्ता व्यक्त गरे ।

‘संसदमा मैले आग्रह गरेको थिएँ  मेरो नेतृत्वको सरकारबाट ल्याइएका दलित, महिला, घाइते, अपाङ्ग तथा श्रमिक समुदायसम्बन्धी कार्यक्रमहरू बदला स्वरूप च्यात्न नपरोस्। तर अहिले त तिनको शीर्षकसमेत डिलिट गरिएको छ,’ उनले भने ।

प्रचण्डले अघिल्लो सरकारले व्यापक छलफलपछिको तयारी स्वरूप अघि सारेको ‘अधिकार सम्पन्न दलित विकास प्राधिकरण’का लागि कानुन निर्माणसम्बन्धी प्रक्रिया पनि रोकिनु निन्दनीय भएको बताए। ‘गत वर्षको नीति कार्यक्रममा विधेयक ल्याउने भनिएको थियो, अहिले त्यो समेत हटाइएको छ,’ उनले भने।

उनले प्रश्न गरे- ‘छोरीहरूको शिक्षाका कार्यक्रम हटाएर कस्तो समानता खोजिएको हो ? दलितलाई नीति तथा कार्यक्रमबाटै बहिष्कार गरेर कुन नेपालीलाई खुसी बनाउने योजना हो ?’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप