पीएसजीका युवा विंगरका लागि रियल म्याड्रिड ठुलो रकम खर्चन तयार
काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका लागि यो सिजन निराशाजनक रह्यो । रियल म्याड्रिड च्याम्पियन्स लिगको क्वार्टरफाइनलबाटै बाहिरिन पुग्यो । जबकी रियल म्याड्रिड सबैभन्दा बढी च्याम्पियन्स लिगको उपाधि चुम्ने क्लब हो ।
यसैगरी रियल म्याड्रिडको टोली कोपा डेल रेको फाइनलमा पनि पराजित भयो । कोपा डेल रेको फाइनलमा रियल म्याड्रिडलाई चिरप्रतिद्वन्द्वी बार्सिलोनाले स्तब्ध बनायो । यसका अतिरिक्त रियल म्याड्रिड जारी सिजनको ला लिगा उपाधिबाट पनि बिमुख हुने सम्भावना बढी छ ।
ला लिगाको जारी सिजनमा सबै टोलीले केवल चार–चार खेल खेल्न बाँकी रहँदा रियल म्याड्रिडभन्दा बार्सिलोना चार अङ्कले अगाडि छ । बार्सिलोनाको ७९ र रियल म्याड्रिडको ७५ अङ्क छ । त्यसैले रियल म्याड्रिडले घरेलु लिगको उपाधि पनि गुमाउने सम्भावना बलियो छ ।
एकपछि अर्को असफलताबाट आत्तिएको रियल म्याड्रिडले अर्को सिजन टोलीमा ब्यापक परिवर्तन गर्ने सम्भावना देखिन्छ । रियलले यसको सङ्केत पनि दिइसकेको छ । रियल म्याड्रिड आगामी सिजनका लागि केही युवा र प्रतिभाशाली खेलाडीलाई क्लबमा भित्राउने तयारीमा जुटेको छ ।
यसै क्रममा रियल म्याड्रिडले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) का उदीयमान विंगर डेसिर डुएलाई भित्राउनले तयारी अगाडि बढाएको छ । यसका लागि रियल म्याड्रिडले उनको क्लब र प्रतिनिधिसँग छलफल अगाडि बढाएको समाचारमा जनाइएको छ ।
खासगरी रियल म्याड्रिड आगामी सिजनमा आफ्नो अग्र पङ्क्तिलाई बलियो बनाउन चाहन्छ । त्यसैले पनि रियलले १९ वर्षीय प्रतिभाशाली विंगर डुएलाई भित्राउन खोजेको हो । रियलमात्र होइन, अन्य क्लबले पनि डुएमाथि आँखा लगाएका छन् ।
खासगरी, डुएले इङ्लिस प्रिमियर लिग क्लब लिभरपुल र एस्टन भिल्लाविरुद्धको खेलमा गरेको उत्कृष्ट प्रदर्शनपछि थुप्रै क्लबले उनीप्रति चासो देखाएका छन् । आगामी सिजन रियल म्याड्रिडका ब्राजिलियन विंगर रोड्रिगोले पनि क्लब छाडने सम्भावना देखिन्छ ।
त्यसैले रियल म्याड्रिड डुएसँग अन्य केही खेलाडीलाई क्लबमा भित्राउन चाहन्छ । डुएले फ्रान्सको राष्ट्रिय टोलीबाट समेत ‘डेब्यू’ गरिसकेका छन् । रियल म्याड्रिड डुएका लागि १० करोड युरोसम्म खर्चिन तयार रहेको दाबी समाचारमा गरिएको छ । डुए सन् २०२४ मै पीएसजीमा आबद्ध भएका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण