दुगड बदर्श एण्ड सन्सलाई विभागले तिरायो तीन लाख जरिवाना, अन्य तीन फर्मलाई कति ?
काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले दुगड बदर्श एण्ड सन्सलाई तीन लाख रुपैयाँ जरिवाना गरेको छ । सवारी साधन तथा पार्टपुर्जामा एमआरपी नराखी बिक्री गरेको पाइएपछि उक्त अटोपाट्स कम्पनीलाई तीन लाख जरिवाना गरिएको बजार निरीक्षण अधिकृत अमितकुमार झाले जानकारी दिए ।
सोमबार गएको विभागको निरीक्षण टोलीले उक्त प्रालिले एमआरपी नराखी तथा बिक्री गरेको पाइएपछि उक्त जरिवाना गराएको हो । यस्तै एमआरपी नराख्ने मोर्डन स्लिपर इण्डष्ट्रिज प्रालिलाई दुई लाख पाँच हजार जरिवाना गरेको छ ।
यस्तै मूल्यसूची तथा दर्ता प्रमाणपत्र नराखेको पाइएपछि स्मार्ट एप्लाइन्सेज प्रालि र लेवल्स स्टोर प्रालिलाई एक/एक लाख रुपैयाँ जरिवाना गरेको छ ।
सोमबार विभाले १४ कम्पनीको अनुगमन गरेको थियो । साथै जरिवाना गरिएका सहित आठ कम्पनीलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिइएको छ भने अन्यलाई सामान्य निर्देशन सहित उपभोक्ता संरक्षण ऐन २०७५ को पालना गर्न निर्देशन दिइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चुनावी परिणामलाई लिएर हार मानेको छैन: कुलमान
-
जीवन आफैँमा एक निरन्तर अभ्यास हो : दयाहाङ राई
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण