एलन मस्कभन्दा पनि धनी बने यी भारतीय

काठमाडौँ । मुस्किलले केही हजार रुपैयाँ भएको बैङ्क खातामा विश्वमा कसैसँग पनि नभएको पैसा देखियो भने के होला ? तपाईँको खातामा यस्तै भयो भने तपाई के गर्नु हुन्छ ? भारतको उत्तर प्रदेश राज्यको एक पुरुषलाई यस्तै भएको छ ।
उनको बैङ्क खातामा अचानक ३६ अङ्कको मौज्दात देखियो । तपाई हामीलाई गन्नै मुस्किल पर्ने यो अङ्क भनेको पृथ्वीमा कुनै पनि व्यक्तिको स्वामित्वमा रहेको सबैभन्दा धेरै पैसा हुनेछ । आफ्नो खातामा यति धेरै पैसा देखेर पहिला त ती व्यक्ति अक्क न बक्क परे । त्यसपछि उनले तुरुन्तै बैङ्कलाई यसको बारेमा जानकारी गराए ।
एनडीटीभीका अनुसार, उत्तर प्रदेशको हाथरस जिल्लाका बासिन्दा अजितले अप्रिल २५ मा आफ्नो खाताबाट दुई पटक रकम निकाले । एक पटक उनले १ हजार ८०० अनि दोस्रो पटक उनले १ हजार ४०० भारु । यसपछि, उनको खातामा १,००,१३,५६,००,००,०१,३९,५४,२१,००,२३,५६,००,००,०१,३९,५४२ भारु ब्यालेन्स देखियो ।
३६ अङ्कमा देखाइएको यो मौज्दात पृथ्वीमा कुनै पनि व्यक्तिसँग जम्मा भएको कुल रकमभन्दा निकै बढी हो । यतिबेला संसारको सबैभन्दा धनी व्यक्ति रहेका एलन मस्कको सम्पत्ति यसको सानो हिस्सा हो ।
जानकारी पाएपछि बैङ्कका मानिसहरू पनि छक्क परे । वास्तवमा, कुनै पनि क्यालकुलेटर प्रयोग गरेर अजितको खातामा देखाइएको रकम गणना गर्न सजिलो थिएन । खातामा यति ठुलो रकम कसरी देखियो भनेर सारा बैङ्क अलमल्लमा थियो ।
बैङ्कले अनुसन्धान गर्दा प्राविधिक गडबडीका कारण यो रकम खातामा देखिएको पाइयो । वास्तवमा यो पैसा खातामा थिएन । कुनै ठगी वा साइबर अपराध पो भएको हो कि भन्ने डरले गर्दा अजितले यसबारे स्थानीय प्रहरीलाई जानकारी गराए र उनीहरूले साइबर अपराधमा उजुरी दर्ता गर्न सुझाव दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिडियाले तल्लो स्तरको भाषा प्रयोग गर्नु हुँदैन : प्रधानमन्त्री
-
गभर्नर नियुक्तिको विषय संसद्मा प्रवेश
-
प्रदीप नेपालको ‘आत्मस्वीकृति’ : मलामी बोलाउने र खुवाउने काम नगरियोस् !
-
अन्तरजातीय विवाह गर्ने ४० जोडीलाई पालिकाकाे सम्मान
-
गौतम बुद्ध विमानस्थलमा अन्तर्राष्ट्रिय उडान पुनः सञ्चालनको माग गर्दै धर्ना
-
हुलाकी राजमार्ग : ४४ किमी कालोपत्र