शौचालय जाम भएपछि डाइभर्ट भयो एयर इन्डियाको फ्लाइट
फ्र्याङ्कफर्ट । टोरन्टोबाट दिल्लीका लागि उडेको एयर इन्डियाको उडानलाई जर्मनीको फ्रान्कफर्टमा डाइभर्ट गरिएको छ ।
मिडिया रिपोर्टका अनुसार विमानको ट्वाइलेट जाम भएपछि विमानलाई डाइभर्ट गरिएको बताइएको छ । यो घटना मे २ को हो । प्राविधिक समस्याका कारण उडान फ्रान्कफर्ट डाइभर्ट गर्नु परेको एयर इन्डियाका प्रवक्ताले बताएका छन् ।
दुई महिनामा दोस्रो घटना
शौचालय बन्द भएकै कारण दुई महिनामा एयर इन्डियाको विमान डाइभर्ट भएको यो दोस्रो पटक हो । यसअघि मार्च ६ मा सिकागोबाट दिल्लीका लागि उडेको एयर इन्डियाको उडान एआई–१२६ यात्राको १० घण्टापछि सिकागो फर्कनु परेको थियो ।
मे २ मा एयर इन्डियाको उडान एआई १८८ पनि शौचालय जाम भएकै कारण डाइभर्ट भयो । एयर इन्डियाले फ्रान्कफर्टमा अवतरण गरेको केही घण्टामै प्राविधिक गडबडी समाधान भएको र उडान आफ्नो गन्तव्य दिल्लीका लागि उडेको बताएको छ ।
मिडिया रिपोर्टका अनुसार उडानमा लामो रुट, पुराना विमानका साथै यात्रुहरूको गल्तीका कारण यस्ता घटनाहरू भइरहेका छन् । क्यानडा र अमेरिका रुटमा उडान गर्ने एयर इन्डियाका धेरैजसो विमान पुराना छन् र शौचालयहरू बन्द हुने समस्या बारम्बार आइरहन्छन् ।
केही यात्रुले लापरवाहीपूर्वक शौचालयमा फोहोर फ्याँकेकाले पनि ट्वाइलेट जाम भएको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कैलालीमा १६ वर्षीया किशोरीमाथि जबरजस्ती करणी
-
नारायणी अस्पतालमा ‘हिमोफिलिया उपचार केन्द्र’ सञ्चालनमा
-
दुई टिपरमा च्यापिएर युवकको मृत्यु
-
रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
-
मौन आँसुको विकासे समाजशास्त्र
-
नयाँ दिल्लीमा कक्रोच जनता पार्टीको निरन्तर धर्ना : शिक्षा मन्त्रीको राजीनामा माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण