रास्वपामा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज, केही नेता असन्तुष्ट
सारांश
- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज गरेको छ ।
- पार्टी स्थापनाकालदेखि सक्रिय केही संस्थापक सदस्यहरू यस निर्णयबाट असन्तुष्ट देखिएका छन् ।
- यसअघि असार ४ गतेको सचिवालय बैठकले यस्तो निर्णय गरेको थियो, तर समायोजनमा आएका नेताहरूको विरोधपछि निर्णयबाट पछि हटेको हो ।
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा संस्थापक सदस्य स्वतः केन्द्रीय सदस्य बन्ने निर्णय खारेज भएपछि पार्टी स्थापनाकालदेखि सक्रिय केही नेताहरू असन्तुष्ट देखिएका छन् । असार ४ गते बसेको सचिवालय बैठकले संस्थापक सदस्यहरूलाई स्वतः केन्द्रीय समिति सदस्य बनाउने निर्णय सर्कुलेसन भएको थियो ।
तर समायोजनमा आएका नेताहरूले विरोध गरेपछि निर्णयबाट पछि हटेको एक संस्थापक सदस्यले जानकारी दिए । समायोजनमा आएका ५१ जनालाई समायोजन गर्दा त्यसमा संस्थापक सदस्य पनि पर्नुपर्ने ती नेताले बताए ।
‘सचिवालय बैठकपछि संस्थापक सदस्यलाई स्वतः केन्द्रीय सदस्य बनाउने सर्कुलर आएको थियो । तर, समायोजनमा आएकाले विरोध गरे भनेर निर्णय सच्चिएको जानकारी आएको छ । सभापतिले ५१ जना मनोनीत गर्दा त्यसमा संस्थापक पनि पर्नुपर्छ’ ती नेताले भने ।
रास्वपाको प्रथम महाधिवेशन अहिले चितवनमा जारी छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेलायतमा नयाँ नेतृत्वका लागि जुलाई ९ बाट मनोनयन खुल्ने, उत्तराधिकारी नचुनिएसम्म स्टार्मर नै प्रधानमन्त्री रहने
-
हरमनप्रितको ऐतिहासिक २००औँ खेल
-
पदबाट राजीनामा दिने क्रममा परिवारको प्रसङ्ग निकाल्दै भावुक बने कीर स्टार्मर
-
पुष्पा २ प्रिमियर भागदौड प्रकरण : अभिनेता अल्लू अर्जुन अदालतमा भर्चुअली उपस्थित हुँदै
-
कोटेश्वरबाट १० जना बिचौलिया पक्राउ
-
११ महिनामा पौने २६ करोड रुपैयाँ बराबरको ४ करोड पीस कण्डम आयात
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण