भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
काठमाडौँ । मध्यपूर्वबाट आउने जहाजको रुट लम्बिएको छ । भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानी आकाश हुँदै आएर नेपाल भित्रिने हवाइ जहाजको रुट लम्बिएको हो ।
दुईतर्फी जहाज उडानमा एकदेखि दुई घण्टासम्म बढी लाग्ने गरेको एयरलाइन्स कम्पनीका आधिकारिक प्रतिनिधिहरू बताउँछन् । मध्यपूर्व अन्तर्गत नेपालबाट कतार, कुवेत, युएई, साउदी अरेबिया, ओमन, टर्की लगायत देशमा नेपालमा उडान हुने गरेको छ ।
ती देशबाट आउँदा अफगानिस्तान र पाकिस्तानको आकाश हुँदै भारत प्रवेश गरेर आउने गरेको थियो । उक्त रुट परिवर्तन गरेर आउन थालेको बताइएको छ । पहिले ४ घण्टा ३० मिनेटमा कतारबाट नेपाल आइपुग्थ्यो । अहिले एकतर्फी उडान अहिले ५ घण्टा १० मिनेट पुगेको छ । त्यही अनुसार अरू एयरलाइन्सको समेत समय बढेको बताइएको छ ।
यद्यपि अहिलेसम्म उक्त क्षेत्रको हवाइ टिकटको भाउ बढिसकेको भने छैन । नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाले भारत पाकिस्तानबिच तनाव सुरु भएको २/३ दिन भएको भन्दै एक सातापछि मात्रै हवाई मूल्य के हुन्छ भन्न सक्ने अवस्था रहेको बताउँछन् ।
‘युद्धका कारण उडान समय बढ्दा लागत बढ्ने भएकोले टिकटको मूल्य पनि बढ्न सक्छ । फेरि यस्तो हुँदा प्यासेञ्जर घट्ने भएकोले यसले मूल्य नबढ्ने अवस्था पनि हुन सक्छ’ थपलिया भन्छन् ।
वाइडबडी जहाजले अहिलेको मूल्यमा प्रतिघण्टा झन्डै ४ लाख रुपैयाँ बराबरको इन्धन खपत गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तल्लो अरुण आयोजनाको मुआब्जा वितरण
-
डढेलो नियन्त्रणका लागि रसुवामा पहिलोपटक दमकल प्रयोग
-
सुत्केरी मृत्यु प्रकरणमा अस्पताल सञ्चालकसँग सोधपुछ
-
तीन घण्टा नबित्दै पाकिस्तानले गर्यो युद्धविराम उल्लंघन, गोलाबारी सुरु
-
१० बजे, १० समाचार : भारत र पाकिस्तान युद्धविराम गर्न सहमत, दुर्गा प्रसाईंले गरे करोडौँ ऋण दुरुपयोग
-
नेताका छोराछोरी व्यवस्थापन गर्न ११ जना पदाधिकारी