भारत–पाकिस्तान तनाव : मध्यपूर्वबाट नेपाल आउने जहाजको रुट लम्बियो, भाडा बढ्नसक्ने
काठमाडौँ । मध्यपूर्वबाट आउने जहाजको रुट लम्बिएको छ । भारत–पाकिस्तान युद्धका कारण पाकिस्तानी आकाश हुँदै आएर नेपाल भित्रिने हवाइ जहाजको रुट लम्बिएको हो ।
दुईतर्फी जहाज उडानमा एकदेखि दुई घण्टासम्म बढी लाग्ने गरेको एयरलाइन्स कम्पनीका आधिकारिक प्रतिनिधिहरू बताउँछन् । मध्यपूर्व अन्तर्गत नेपालबाट कतार, कुवेत, युएई, साउदी अरेबिया, ओमन, टर्की लगायत देशमा नेपालमा उडान हुने गरेको छ ।
ती देशबाट आउँदा अफगानिस्तान र पाकिस्तानको आकाश हुँदै भारत प्रवेश गरेर आउने गरेको थियो । उक्त रुट परिवर्तन गरेर आउन थालेको बताइएको छ । पहिले ४ घण्टा ३० मिनेटमा कतारबाट नेपाल आइपुग्थ्यो । अहिले एकतर्फी उडान अहिले ५ घण्टा १० मिनेट पुगेको छ । त्यही अनुसार अरू एयरलाइन्सको समेत समय बढेको बताइएको छ ।
यद्यपि अहिलेसम्म उक्त क्षेत्रको हवाइ टिकटको भाउ बढिसकेको भने छैन । नेपाल एसोसिएसन फर ट्राभल्स एण्ड टुर्स एजेन्ट्स (नाट्टा) का अध्यक्ष कुमार थपलियाले भारत पाकिस्तानबिच तनाव सुरु भएको २/३ दिन भएको भन्दै एक सातापछि मात्रै हवाई मूल्य के हुन्छ भन्न सक्ने अवस्था रहेको बताउँछन् ।
‘युद्धका कारण उडान समय बढ्दा लागत बढ्ने भएकोले टिकटको मूल्य पनि बढ्न सक्छ । फेरि यस्तो हुँदा प्यासेञ्जर घट्ने भएकोले यसले मूल्य नबढ्ने अवस्था पनि हुन सक्छ’ थपलिया भन्छन् ।
वाइडबडी जहाजले अहिलेको मूल्यमा प्रतिघण्टा झन्डै ४ लाख रुपैयाँ बराबरको इन्धन खपत गर्ने गरेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम नाइजेरियामा सशस्त्र समूहको आक्रमण, २० भन्दा बढीको मृत्यु
-
‘हिट एन्ड रन’ घटनाका फरार चालक गाडीसहित पक्राउ
-
पहाडी क्षेत्रमा उल्लेख्य वर्षा, केही स्थानमा भारी वर्षाको सम्भावना
-
कर्णालीमा नेकपाको संसदीय दलदेखि प्रदेश कमिटीसमेत उभियो मुख्यमन्त्री कँडेलविरुद्ध
-
वन्यजन्तुले किसानको बारी उजाड, सरकार हेरेको हेर्यै
-
पाकिस्तानमा फेरि बढ्यो पेट्रोल र डिजेलको मूल्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण