सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

नेपालमा नोबेल ब्रान्डको लन्च

गुणस्तरीय र भरपर्दो सेवा नोबेलकाे प्राथमिकतामा
शुक्रबार, २६ वैशाख २०८२, १६ : ०७
शुक्रबार, २६ वैशाख २०८२

काठमाडौँ । नोबेल ब्रान्ड नेपालमा लन्च गरिएको छ । शुक्रबार नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालि र एनबीएससी प्रालिले नेपालमा नोबेल ब्रान्डको औपचारिक सुरुवात गरेको हो । 

३५ वर्षभन्दा बढीको नवप्रवर्तनको इतिहास बोकेको नोबेल विशेष गरी मेजर एन्ड स्मल डोमेस्टिक एप्लायन्स, कन्जुमर इलेक्ट्रोनिक्स एप्लायन्स र बिल्ट-इन एप्लायन्सहरूको उत्पादनमा परिचित छ ।

nobel 3

२५० भन्दा बढी एसके यु समावेश छन् भने नोबेल ब्रान्ड २६ भन्दा बढी देशहरूमा आफ्ना उपभोक्ताहरूलाई गुणस्तर र भरपर्दो सेवा दिँदै नयाँ मापदण्ड स्थापित गर्दै आएको छ।

“परिवारलाई एकसाथ ल्याउने” भन्ने नारा रहेको नोबेलले सधैँ गुणस्तरीय, भरपर्दो सेवा र उपभोक्ताको सन्तुष्टिलाई प्राथमिकता दिएको छ। युरोप, चीन, भारत, टर्की लगायतका विश्वका उत्कृष्ट कारखानाबाट सामग्री सङ्कलन गर्ने गरेको ब्रान्डले भरपर्दो र अत्याधुनिक उत्पादनहरू प्रस्तुत गर्दै आइरहेको छ । 

nobel 4

उत्पादनहरूले आधुनिक परिवारहरूको आवश्यकता पुरा गर्ने अत्याधुनिक प्रविधि, भरपर्दो सेवा र उचित मूल्य संयोजन गर्ने नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिकी महाप्रबन्धक सज्जिता कार्कीले बताइन् । 

“हामी नोबेललाई नेपालमा ल्याउन पाउँदा निकै उत्साहित छौँ, नेपाली परिवारहरूलाई उच्च गुणस्तरका होम एप्लायन्सेस मार्फत जीवनलाई सहज बनाउन चाहन्छौँ,” महाप्रबन्धक कार्कीले भनिन् । 

nobel 4

नोबेल इलेक्ट्रोनिक्स नेपाल प्रालिले आफ्ना सम्पूर्ण उत्पादनहरूमा विशेष प्रारम्भिक अफरहरू पनि प्रस्तुत गरेको छ।  नोबेल ब्राण्ड पहिलो पटक दक्षिण एसियामा प्रवेश समेत गरेको छ । 

nobel 5

1

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप