शुक्रबार, २२ जेठ २०८३
ताजा लोकप्रिय

दक्षिण एसियाली युथ टेबलटेनिसमा पदक जित्ने पाँच खेलाडी सम्मानित

शनिबार, २७ वैशाख २०८२, १६ : २५
शनिबार, २७ वैशाख २०८२

काठमाडौँ। स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले शनिबार दक्षिण एसियाली युथ टेबलटेनिस च्याम्पियन्सीप २०२५ मा पदक जित्ने आप्mना पाँच खेलाडीलाई नगदसहित सम्मान गरेको छ ।

अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष विजेन्द्र हमाल, उपाध्यक्षद्वय गोवर्धन श्रेष्ठ र सुमन खड्गी, महासचिव कुबेरप्रकास सिंह तथा राष्ट्रिय टेबलटेनिस टिमका प्रमुख प्रशिक्षक मोहनदास बासुकलाले स्ट्याग एकेडेमीका पदक विजेता खेलाडीहरुलाई सम्मानित गरेका हुन् । सबै खेलाडीलाई जनही दस हजार रुपियाँ, मायाको चिनो र प्रमाणपत्रसहत सम्मान गएिको हो । स्ट्याग च्याम्पियन्स नौ पटक लगातार राष्ट्रिय टेबलटेनिस च्याम्पियन बनेकी नविता श्रेष्ठ र प्रशिक्षक राकेश महर्जनले खोलेको टेबलटेनिस एकेडेमी हो ।

लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा गत वैशाख ११ देखि १४ गतेसम्म भएको प्रतियोगतामा नेपालले एक स्वर्ण, ६ रजत र ५ कांस्यसहित १२ पदक जितेको थियो । स्ट्याग च्याम्पियन्स टेबलटेनिस एकेडेमीले यु १९ खेलाडीद्वय गनञ्जय दाहाल र प्रवेश बस्नेत तथा यु १५ उमेर समूहमा पदक जित्ने शुभश्री श्रेष्ठ, प्राज्ना महर्जन र सुरम्या श्रेष्ठलाई सम्मान गरेको हो ।

दक्षिण एसियाली युथ टेबलटेनिसमा गनन्जयले यु१९ ब्वाइज टिममा स्वर्ण, यु१९ ब्वाइज डबल्स्मा रजत तथा यु१९ ब्वाइज एक र यु१९ मिक्स डबल्समा कांस्य पदक जितेका थिए । यसैगरी प्रवेशले यु१९ ब्वाइज टिममा स्वर्ण र यु१९ ब्वाइज डबल्समा रजत पदक हासिल गरे ।

शुभश्रीले यु१५ गर्ल्स डबल्स्मा रजत र यु१५ गर्ल्स एकल र यु१५ गर्ल्स टिममा कांस्य पदक नेपाललाई दिलाइन् । प्राज्नाले यु१५ गर्ल्स डबल्स्मा रजत र यु१५ गर्ल्स टिममा कांस्य तथा सुरम्याले यु१५ गल्स टिममा कांस्य पदक जितेका हुन् ।

गनन्जयय र प्रवेश यु–१९ को ब्वाइज टिम इभेन्टमा पहिलो भएर उज्वेकिस्तानमा हुने एसियाली जुनियर टेबलटेनिसका लागि छनोट पनि भएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप