सोमबार, २९ वैशाख २०८२
ताजा लोकप्रिय

नेताहरूको गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउनु हुँदैन: श्रेष्ठ

आइतबार, २८ वैशाख २०८२, १० : २३
आइतबार, २८ वैशाख २०८२

काठमाडौँ । जनता समाजवादी पार्टीका सङ्घीय अध्यक्ष राजेन्द्र प्रसाद श्रेष्ठले पार्टीलाई वैचारिक रूपमा सुस्पष्ट, सङ्गठनात्मक रूपमा सुदृढ र सङ्घर्षमा जुझारु बनाउनुपर्ने बताएका छन् । 

बागमती प्रदेश समितिको २ दिने प्रशिक्षण कार्यक्रम उद्घाटन गर्दै उनले  उपेन्द्र यादवले जस्तो महाधिवेशनको नामको निरीह प्राणीहरूको भेला गरी आफ्नो गोजीबाट पद बाँड्ने निरीह सङ्गठन बनाउन नहुने बताए । 

पार्टी स्कुल तथा प्रशिक्षण विभाग प्रमुख तथा उपाध्यक्ष रणध्वज कन्दङ्वाले प्रशिक्षणले सबै तहमा योग्य कार्यकर्ता निर्माण गर्न मद्दत गर्ने बताए । 

प्रशिक्षणको पहिलो दिन प्रमुख अतिथि सङ्घीय परिषद् अध्यक्ष  श्रेष्ठले नेपाली समाज परिवर्तनको बाटो सङ्घीय समाजवाद, उपाध्यक्ष रणध्वज कन्दङ्वाले पार्टीको सङ्गठनात्मक सिद्धान्त र कार्यपद्धति र आङ्काजी शेर्पाले पहिचानका आन्दोलन र आदिवासीको सवालबारे प्रशिक्षण दिए ।

दोस्रो दिन  पार्टीका केन्द्रीय अध्यक्ष अशोक कुमार राईले पार्टीका आदर्श सङ्घीयता, सुशासन, समृद्धि र समाजवाद, उपाध्यक्ष सुशीला श्रेष्ठले पार्टी निर्माणमा जवसको भूमिका र पार्टीसँगको अन्तरसम्बन्ध तथा पार्टीका केन्द्रीय विज्ञ परिषद्का अध्यक्ष डा पुष्पराज राजकर्णिकारले सङ्घीय समाजवादी अर्थतन्त्र र वित्तीय सङ्घीयताको प्रारूपबारे प्रशिक्षण प्रशिक्षण दिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप