कर्णालीमा बालबालिका खोजतलास केन्द्र सञ्चालनमा
आइतबार, २८ वैशाख २०८२, १७ : ४९

सुर्खेत। कर्णाली प्रदेशमा बालबालिका खोजतलास प्रदेश समन्वय केन्द्र सञ्चालनमा आएको छ। कर्णाली प्रदेशका सामाजिक विकास मन्त्री घनश्याम भण्डारीले आइतबार एक कार्यक्रमकाबिच केन्द्रको उद्घाटन गरे ।
बालबालिकाको खोजतलासका लागि सहयोग पुग्ने उद्देश्यले आश्रयस्थलको रूपमा केन्द्र सञ्चालन गरिएको मन्त्री भण्डारीले बताए। कर्णाली प्रदेशमा बालबालिकाको खोजतलासको लागि टोल फ्री नम्बर १०४ मा सम्पर्क गरी समस्या टिपाउन सकिनेछ।
खोजतलास समन्वय केन्द्रमा प्रहरी र नेपाल टेलिकमको सहकार्य रहेको छ भने सामाजिक विकास मन्त्रालय अन्तर्गत सञ्चालनमा रहने उनले बताए। ‘यसले बालबालिकाको संरक्षण र संवर्द्धनमा टेवा पुग्ने विश्वास लिएको छु,’ उनले भने, ‘आगामी दिनहरूमा थप व्यवस्थित रूपले सञ्चालन गर्न प्रदेश सरकार प्रतिबद्ध छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कर्जाको माग बढाउने गरी मौद्रिक नीति आउनुपर्छ : श्रेष्ठ
-
हेटौँडामा नेकोस कप राष्ट्रिय महिला भलिबल र स्केटिङ प्रतियोगिता हुने
-
बहुदरमाई नगरपालिकाका पूर्व प्रमुख प्रशासकीय अधिकृत र सुब्बा अख्तियारको नियन्त्रणमा
-
...त्यसपछि खुल्यो गण्डकी प्रदेशसभाको संसद् अवरोध
-
बजेट पैतृक सम्पत्तिजस्तो गरी वितरण गरियाे : प्रभु साह
-
युद्धले रोकिएका केयर–गिभरलाई इजरायलले अवस्था सहज भएपछि भिसा दिने