बिहीबार, ०१ जेठ २०८२
ताजा लोकप्रिय

मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु

सोमबार, २९ वैशाख २०८२, १५ : ५०
सोमबार, २९ वैशाख २०८२

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानामा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । 

बेनी–जोमसोम–कोरला सडकअन्तर्गत दानादेखि बेनीतर्फ आउँदै गरेको ग१६प ६१६४ नम्बरको मोटरसाइकल बेनीदेखि जोमसोमतर्फ जाँदै गरेको ग२ख २१३९ नम्बरको बसमा ठोक्किँदा दुर्घटना भएको हो । 

मोटरसाइकल चालक वीरगञ्जका अन्दाजी २० वर्षीय अफताप सलमानको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दानाका प्रमुख श्यामबहादुर रानाले बताए । 

अफताप दानामा मोटरसाइकल मर्मत केन्द्र सञ्चालन गर्दै आएका थिए । बसका चालकले तीव्र गतिमा मोटरसाइकल आफूूतर्फ आइरहेको देखेपछि आफ्नै साइडमा गाडी रोकेका थिए ।

मोटरसाइकल एक्कासी गाडीमा आएर ठोक्किँदा दुर्घटना भएको प्रत्यक्षदर्शीले बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप