करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
मङ्गलबार, ३० वैशाख २०८२, ०९ : ०२
रौतहट । रौतहटको गरुडा नगरपालिकामा करेन्ट लागि ज्यान गुमाएका एक अमिनको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
गरुडा नगरपालिकामा कार्यरत रही निधन भएका अमिन रामजी साहको परिवारलाई मेयर कन्थमणि जैसवालको पहलमा उक्त रकम पालिकाको कोषबाट सहयोग गरिएको हो।
मेयर जैसवालले एक कार्यक्रमका बिच स्वर्गीय साहकी श्रीमती रुनी कुमारी साहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। थोरै भएपनि सहयोग गरेर परिवारजनको पीडामा मलम लगाउने प्रयास गरिएको मेयर जैसवालले बताए।
केही महिना अघि एक निर्माणाधीन भवनको नाप जाँच गर्नेक्रममा भवनको छतको माथिबाट गएको १२ हजार भोल्टको बिद्युत् तारमा करेन्ट लागेर २५ वर्षीय साहको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बन्द सत्रमा कडा सुरक्षा : बाउन्सरदेखि मेटल डिटेक्टरसम्म परिचालन
-
बन्द सत्रमा सहभागी हुन प्रतिनिधि आउनेक्रम जारी
-
मोहमद सलाहको उत्कृष्ट प्रदर्शन, विश्वकपमा इजिप्टको पहिलो ऐतिहासिक जित
-
यसपालि भंग हुन सक्ने विश्वकपका कीर्तिमानहरू
-
म्याग्दीको दर्मीजामा कृषि पर्यटनको नयाँ लहर
-
को बन्ला ३०औँ मुख्यसचिव ? १० सचिव दाबेदार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण