करेन्ट लागि ज्यान गुमाएका अमिनको परिवारलाई पाँच लाख सहयोग
मङ्गलबार, ३० वैशाख २०८२, ०९ : ०२

रौतहट । रौतहटको गरुडा नगरपालिकामा करेन्ट लागि ज्यान गुमाएका एक अमिनको परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग गरिएको छ।
गरुडा नगरपालिकामा कार्यरत रही निधन भएका अमिन रामजी साहको परिवारलाई मेयर कन्थमणि जैसवालको पहलमा उक्त रकम पालिकाको कोषबाट सहयोग गरिएको हो।
मेयर जैसवालले एक कार्यक्रमका बिच स्वर्गीय साहकी श्रीमती रुनी कुमारी साहलाई पाँच लाख रुपैयाँको चेक हस्तान्तरण गरेका हुन्। थोरै भएपनि सहयोग गरेर परिवारजनको पीडामा मलम लगाउने प्रयास गरिएको मेयर जैसवालले बताए।
केही महिना अघि एक निर्माणाधीन भवनको नाप जाँच गर्नेक्रममा भवनको छतको माथिबाट गएको १२ हजार भोल्टको बिद्युत् तारमा करेन्ट लागेर २५ वर्षीय साहको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आज चारवटा संसदीय समितिको बैठक बस्दै, हेर्नुहोस् कार्यसूची
-
वायु प्रदूषणको अवस्था हेर्न ‘ड्यासबोर्ड’ सार्वजनिक
-
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
स्थानीय, पश्चिमी र मनसुनी वायुको प्रभाव : आज यी प्रदेशमा हुनेछ चट्याङसहित वर्षा
-
कस्ताे रहला तपाईकाे आजकाे दिन ? हेर्नुहाेस् राशिफल
-
यस्ताे छ शुक्रबार विदेशी मुद्राको विनिमयदर