‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु
काठमाडौँ । फिल्म ‘शिवांश : च्याप्टर–१’को छायाङ्कन सुरु भएको छ । पोखराको लामाचौर स्थित अकला मन्दिरमा पूजा गर्दै फिल्मको छायाङ्कन सुरु गरिएको निर्माता अञ्जान केसीले जानकारी गराए ।
फिल्मको पोखराका विभिन्न क्षेत्रमा करिब एक महिना छायाङ्कन हुनेछ । अञ्जान सिनेमा प्रोडक्सन हाउसको प्रस्तुति रहेको फिल्मको निर्देशक सन्तोष कुमार आत्रेय हुन् । आत्रेयको यो निर्देशनमा डेब्यु फिल्म हो ।
प्रवीण खतिवडा, तेज गिरी र रुषा न्यौपानेको मुख्य भूमिकामा रहने फिल्ममा विकास जोशी, विमला लिम्बू, प्रदीप कुमार चौधरी, सबिर चुरौटे, उदय कुमार सुब्बा, टिका निरौलालगायत कलाकारको समेत अभिनय रहनेछ ।
फिल्मको कथा अञ्जान केसीले लेखेका हुन् । सह–निर्मातामा शोभा भण्डारी र अनिस केसी बोगटी फिल्मको सहनिर्मातामा रहेका छन् । फिल्मको कथाबारे निर्माणपक्षले हालसम्म केही पनि जानकारी दिएको छैन ।
फिल्ममा सङ्गीत न्ह्यू बज्राचार्य र राजनराज शिवाकोटी, द्वन्द्व मिलन श्रेष्ठको रहनेछ । फिल्मका कार्यकारी निर्माता शम्भु थापा हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लिङ्ग परिवर्तनको शल्यक्रियापछि अनायाले पोखिन् पीडा
-
आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने
-
इरानले सुरुङमा विस्फोटक धराप बिछ्याएपछि अमेरिकी योजना रोकिएको खुलासा
-
रास्वपाको बागमती अधिवेशनः विद्युतीय मेसिनबाट मतदानको तयारी
-
पाकिस्तानद्वारा ७६३ जना अफगान कैदी जेल मुक्त, ३७ सय शरणार्थी स्वदेश फिर्ता
-
पृथ्वीदेखि चन्द्रमासम्मको अमेरिकी यात्रा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण