परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
शनिबार, ०३ जेठ २०८२, १२ : २०
काठमाडौँ । परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च भएको छ भने इन्धनमा ५ करोड ३३ लाख खर्च भएको पाइएको छ ।
बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा यस्तो पाइएको हो । २०८०/८१ मा परराष्ट्र मन्त्रालयका ४० नियोगमा १८८ चारपाङ्ग्रे सवारी साधन थिए ।
यो वर्ष सवारी साधन मर्मतअन्तर्गत एउटै नियोगमा १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म मर्मत सम्भार खर्च भई कुल ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
त्यसैगरी यी सवारी साधनको इन्धनमा ५ करोड ३३ लाख खर्च भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
-
तरकारी र दूधमा मानव स्वास्थ्यमा असर पार्ने विषादी
-
नेपालमा मनसुन आउन एक साता लाग्ने
-
१० बजे १० समाचार : रविको ‘विकास कूटनीति’देखि प्रधानमन्त्री मौनसम्म
-
प्रहरीको प्राविधिक तर्फका ४ जना इन्स्पेक्टरको सरुवा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण