परराष्ट्र मन्त्रालयको सवारी मर्मतमा पाँच करोड ३२ लाख र इन्धनमा ५ करोड ३३ लाख खर्च
शनिबार, ०३ जेठ २०८२, १२ : २०
_153pogJQQz.jpg)
काठमाडौँ । परराष्ट्र मन्त्रालयमा एक वर्षको अवधिमा सवारी मर्मतमा ५ करोड ३२ लाख खर्च भएको छ भने इन्धनमा ५ करोड ३३ लाख खर्च भएको पाइएको छ ।
बुधबार महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६२ औँ प्रतिवेदनमा यस्तो पाइएको हो । २०८०/८१ मा परराष्ट्र मन्त्रालयका ४० नियोगमा १८८ चारपाङ्ग्रे सवारी साधन थिए ।
यो वर्ष सवारी साधन मर्मतअन्तर्गत एउटै नियोगमा १ लाख रुपैयाँदेखि ३६ लाख रुपैयाँसम्म मर्मत सम्भार खर्च भई कुल ५ करोड ३२ लाख ५६ हजार रुपैयाँ खर्च भएको जनाएको छ ।
त्यसैगरी यी सवारी साधनको इन्धनमा ५ करोड ३३ लाख खर्च भएको उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश
-
अपडेट: कडरियालाई उछिन्दै पौडेलले बनाए अग्रता
-
१२ बजे १२ समाचार: प्रदेश सांसद अख्तियारको नियन्त्रणमा, भारतीय विमान दुर्घटना
-
अहमदाबाद विमान दुर्घटनाबारे ट्रम्पले भने– उड्डयन इतिहासकै भयानक दुर्घटना
-
अपडेट: अनेरास्ववियुको अध्यक्षमा कडरिया ११३ मतले अगाडि
-
तीनकुने घटनामा आदेश आउन ढिलाइ, अदालतबाहिर नाराबाजी