माओवादी जनताको बलमा सत्तामा पुगेको हो : अध्यक्ष दाहाल
शनिबार, ०३ जेठ २०८२, १४ : ४३
सारांश
- माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले जनबलबाट पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।
- जनतासँग माओवादी अभियानअन्तर्गत डोटीमा आयोजित जनसभामा प्रचण्डले यस्तो बताएका हुन् ।
डोटी । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनबलमा आफ्नो पार्टी सत्तामा पुगेको दाबी गरेका छन् ।
शुक्रबारदेखि सुरु भएको जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज डोटीमा आयोजित जनसभामा उनले माओवादीलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतबाट सत्तामा पुर्याएको बताए ।
उनले भने, ‘हामीलाई तपाईं हामी जस्तै गरिब, मजदुर, किसान, उत्पीडित वर्ग एवं समुदायले विस्तृत शान्ति सम्झौता हुँदै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पुर्याएका हुन् ।’
अध्यक्ष दाहालले आत्मालोचना गर्दै आफूहरू जनतामाझ आएको र उनीहरूका पिरमर्का बुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विज्ञको रायले अदालतको फैसला प्रभावित हुनसक्छ, योग्यतामा लापरबाही नगरौँ : सभापति शेरचन
-
सचिव बज्राचार्य अनिवार्य अवकाशमा
-
विधि विज्ञानका विशेषज्ञ बन्न स्नातकोत्तर अनिवार्य गर्न प्रस्ताव
-
नेपाल वायुसेवा निगमले ६८औँ वार्षिकोत्सव मनायो
-
मुख छोपेर कुरा गर्दा रातो कार्ड पाउने दोस्रो खेलाडी बने इक्वेडरका हिन्कापी
-
अवैध चिकित्सक अभ्यास नियन्त्रण कार्यविधि जारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण