आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
आइतबार, ०४ जेठ २०८२, ०९ : १५

काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान साढे ११ बजे बस्ने विकास आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा नेपाल अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयबाट हालसम्म भएका कामकारबाही प्रगति एवं आगामी कार्ययोजनाबारे छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको स्थलगत अध्ययनको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो साढे ३ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक,२०८० सम्बन्धमा गठित उपसमितिको प्रतिवेदन पेस हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटना: ३२ जनालाई धरौटीमा रिहा गर्न आदेश
-
अनेरास्ववियु अपडेटः खुला उपाध्यक्षमा श्रेष्ठ र महासचिवमा धामी विजयी
-
अनेरास्ववियुको अध्यक्षमा कडरिया निर्वाचित
-
तीनकुने घटना: राज्य विरुद्धको कसुरमा संलग्न थप ६ जनालाई थुनामा राख्न आदेश
-
अनेरास्ववियुमा कडा टक्करः तीन सय मत गन्न बाँकी हुँदा कडरिया फेरि अगाडि
-
तीनकुने घटना : दुर्गा प्रसाईँलाई थुनामा पठाउन आदेश