कानुन नबनाई महिला कामदार बाहिर पठाउन हुँदैन: खतिवडा
सारांश
- कांग्रेस सांसद रामहरि खतिवडाले कानुन नबनाई महिला कामदारलाई विदेश पठाउन नहुने बताए।
- उनले श्रम मन्त्रालयका सल्लाहकारहरूले रकम लिएर महिला पठाएको आरोप लगाए र छानबिनको माग गरे।
- सांसद खतिवडाले भिजिट भिसामा दुबई हुँदै महिलाहरू कुवेत र साउदी पुगेको र तालिम दिने काम भइरहेको बताए।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले कानुन नबनाई रोजगारीका लागि महिलालाई विदेशमा नपठाउने व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा बोल्दै सांसद खतिवडाले श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले कानुनबिना महिलाहरूलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिएको दाबी गर्दै कानुन नबनाई महिलाहरूलाई बाहिर नपठाउन सरकारसँग आग्रह गरेका हुन् ।
उनले कानुन विपरीत महिलाहरूलाई बाहिर पठाउन तालिम समेत दिइरहेको बताउँदै रोक्न समेत माग गरे ।
‘भिजिट भिसाबाट अहिले धेरै महिलाहरू दुबई हुँदै कुवेत, साउदी अरेबिया पुगेका छन्, श्रम मन्त्रालयका केही सल्लाहकार भन्नेहरूले लुभुमा चार रोपनी जग्गा लिएर महिला कामदारलाई घरेलु कामदारको रूपमा बाहिर पठाउनको लागि ठुलो रकम लिइएको जानकारीमा आएको छ। तालिम दिइरहेको जानकारीमा आएकाले कानुन नबनाई यस्ता काम नगरियोस् भन्ने ध्यानाकर्षण सभामुखमार्फत सरकारलाई गराउन चाहन्छु,’ उनले भने।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हाइटीमा झन्डै १५ लाख मानिस विस्थापित: संयुक्त राष्ट्रसङ्घ
-
१२ बजे १२ समाचार: राप्रपालाई धक्कादेखि गृहमा सुधनको चर्चासम्म
-
लेबनानलाई छ करोड ४० लाख डलर सहयोग आवश्यक: राष्ट्रसङ्घ
-
रास्वपाका सांसदहरूलाई तल्लो तहको उम्मेदवारीमा रोक
-
बढुवा भएका एसपी ध्रुव श्रेष्ठको लुम्बिनी प्रदेशमा काज सरुवा
-
विद्युतीय सवारी साधन नियन्त्रण : छानबिन टोली मुस्ताङमा
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण