पानी पिउन धारामा जाँदा करेन्ट लागेर पुजारीको मृत्यु
मङ्गलबार, ०६ जेठ २०८२, १८ : ३२

सर्लाही । सर्लाहीमा करेन्ट लागेर एक वृद्ध पुजारीको मृत्यु भएको छ ।
मंगलबार पौने ३ बजेतिर जिल्लाको बलरा नगरपालिका–५ महतो टोलमा गोडैता गाउँपालिका–२ निवासी अन्दाजी ७० वर्षीय महादेव महतो (पुजारी) को मृत्यु भएको हो ।
सोही टोलमा रहेको विजय महतोको घरमा उनी पूजा गर्न गएका थिए । पूजा सम्पन्न गरी पानी पिउने क्रममा मोटर जडान गरिएको धाराबाट पानी लिँदा अचानक उनलाई करेन्ट लागेको थियो ।
घटनापछि उनलाई तत्कालै प्रादेशिक अस्पताल मलंगवा लगिएको थियो । चिकित्सकले उनलाई दिउँसो सवा ३ बजे मृत घोषणा गरेका थिए । शव हाल सोही अस्पतालमा राखिएको छ भने घटनाको जानकारी पाएपछि प्रहरी चौकी अर्नाहाबाट प्रहरी पुगेका थिए ।
घटनास्थल अर्नाहा प्रहरी चौकीबाट अन्दाजी २ किमी पश्चिममा पर्छ । प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको र यसबारे थप विवरण संकलन गरिरहेको जनाएको छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वित्तीय अनुशासनलाई कडाइका साथ पालना गरिन्छ : अर्थमन्त्री पौडेल
-
दुर्गा प्रसाईंसहित ३९ जना प्रतिवादीको बयान पुरा, आजबाट थुनछेक
-
माओवादीको मध्यपहाडी लोकमार्ग जागरण अभियान अनिश्चितकालका लागि स्थगित
-
सुनको मूल्य बढ्यो, तोलामा कतिमा हुँदैछ कारोबार ?
-
वन मन्त्रालयको बजेट १० वर्ष यताकै बढी
-
‘अर्ग्यानिक कर्णाली’को आधार नै बनेको छैन