नयाँ गभर्नर आएसँगै सेयर बजारमा उत्साह, प्रि-ओपन सेसनमा नेप्से ३४.७९ अंकले बढ्यो
बुधबार, ०७ जेठ २०८२, ११ : ११
सारांश
- बुधबारको प्रि-ओपन सेसनमा नेप्से परिसूचक ३४.७९ अंकले वृद्धि भई २७१२.२५ बिन्दुमा पुग्यो।
- नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएपछि लगानीकर्ता उत्साहित देखिएका छन्।
- मंगलबार सेयर बजार ४९.०९ अंकले बढेको थियो।
काठमाडौँ । नेप्से परिसूचक बुधबारको प्रि-ओपन सेसनमै दोहोरो अंकले बढेको छ । प्रि-ओपन सेसनमा नेप्से ३४.७९ अंकले बढेर २७१२.२५ को बिन्दुमा पुगेको हो।
मंगलबार नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल नियुक्त भएका थिए । उनको नियुक्तिसँगै सेयर लगानीकर्तामा उत्साह देखिएको छ ।
मंगलबार अन्तिम समयमा आएर नेप्से ४९.०९ अंकले बढेको थियो।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण