बुधबार, २१ जेठ २०८२
ताजा लोकप्रिय

नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि मतदान हुँदै

बुधबार, ०७ जेठ २०८२, १३ : ५७
बुधबार, ०७ जेठ २०८२

समाचार सारांश

  • नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि जनकपुरमा मतदान सुरु भएको छ। भोला यादवका अनुसार निर्वाचन १५ दिनपछि सुरु भएको हो।
  • निर्वाचनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादव समूहबीच प्रतिस्पर्धा हुँदैछ। मतदान दिउँसो सवा २ बजेसम्म चल्नेछ।
  • ६२८ जना मतदाताले १३५ पदका लागि मतदान गर्दैछन्। वैशाख २२ गतेको निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको थियो।

जनकपुर । नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । जनकपुरस्थित निधि भवनमा बिहान ११ बजेदेखि मतदान सुरु भएको हो । 

अन्तिम नामावली प्रकाशनमा विवाद भएपछि २२ वैशाखमा हुने मतदान रोकिएको थियो । झन्डै १५ दिन पछाडि निर्वाचन गर्ने आन्तरिक सहमति जुटेपछि एमाले धनुषाको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार भोला यादवले बताए । 

१३५ पदका लागि सुरु गरिएको मतदान दिउँसो सवा २ बजेसम्म चल्ने निर्वाचन समितिको कार्यालयले जनाएको छ ।  निर्वाचन समितिका अनुसार ६२८ जना मतदाताले मतदान गर्दैछन । निर्वाचनमा अध्यक्ष पदमा भोला यादवको समूह र लक्ष्मीनारायण यादव समूहबिच प्रतिस्पर्धा भैरहेको छ । 

गएको २२ वैशाखमा नयाँ नेतृत्व चयनमा आन्तरिक विवाद चर्किएपछि एमाले धनुषाका निर्वाचन स्थगन भएको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप