नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि मतदान हुँदै
बुधबार, ०७ जेठ २०८२, १३ : ५७
सारांश
- नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि जनकपुरमा मतदान सुरु भएको छ। भोला यादवका अनुसार निर्वाचन १५ दिनपछि सुरु भएको हो।
- निर्वाचनमा अध्यक्ष पदका लागि भोला यादव र लक्ष्मीनारायण यादव समूहबीच प्रतिस्पर्धा हुँदैछ। मतदान दिउँसो सवा २ बजेसम्म चल्नेछ।
- ६२८ जना मतदाताले १३५ पदका लागि मतदान गर्दैछन्। वैशाख २२ गतेको निर्वाचन आन्तरिक विवादका कारण स्थगित भएको थियो।
जनकपुर । नेकपा एमाले धनुषाको नेतृत्व चयनका लागि आज मतदान सुरु भएको छ । जनकपुरस्थित निधि भवनमा बिहान ११ बजेदेखि मतदान सुरु भएको हो ।
अन्तिम नामावली प्रकाशनमा विवाद भएपछि २२ वैशाखमा हुने मतदान रोकिएको थियो । झन्डै १५ दिन पछाडि निर्वाचन गर्ने आन्तरिक सहमति जुटेपछि एमाले धनुषाको नयाँ नेतृत्व चयनका लागि आज बिहानदेखि मतदान सुरु गरिएको अध्यक्ष पदका उम्मेदवार भोला यादवले बताए ।
१३५ पदका लागि सुरु गरिएको मतदान दिउँसो सवा २ बजेसम्म चल्ने निर्वाचन समितिको कार्यालयले जनाएको छ । निर्वाचन समितिका अनुसार ६२८ जना मतदाताले मतदान गर्दैछन । निर्वाचनमा अध्यक्ष पदमा भोला यादवको समूह र लक्ष्मीनारायण यादव समूहबिच प्रतिस्पर्धा भैरहेको छ ।
गएको २२ वैशाखमा नयाँ नेतृत्व चयनमा आन्तरिक विवाद चर्किएपछि एमाले धनुषाका निर्वाचन स्थगन भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीटप्पुमा आन्तरिक पर्यटकको लहर: ११ महिनामा नौ हजारभन्दा बढीले गरे आरक्ष भ्रमण
-
भरतपुरमा ट्रकसँग स्कुटर ठोक्किँदा दुई युवाको मृत्यु
-
रास्वपा महाधिवेशनको दोस्रो दिन: बन्द सत्रको कार्यतालिका संशोधन
-
राप्रपाका पूर्वअध्यक्षत्रयको संयुक्त वक्तव्य, ‘हाम्रै जीवनकालमा पार्टी पतन भएको हेर्न चाहँदैनौं’
-
पूर्वमन्त्री एवं नेपाली कांग्रेसका नेता राजेन्द्र खरेलको निधन
-
तनहुँमा आर्थिक गणना : लक्ष्यभन्दा बढी प्रतिष्ठान समेटिए
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण